Techie IT

जयगढमा बजार अनुगमन : अवैध सामाग्री बरामद गरि नष्ट


जयगढमा शनिवार बजार अनुगमन गरिएको छ । बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदको नेतृत्वमा जयगढ बजारको अनुगमन गरिएको हो ।

बजार अनुगमनका क्रममा विभिन्न पसलहरूमा म्याद गुज्रेका सामाग्री भेटिएका छन् । निषेधाज्ञाका क्रममा बजारमा अखाद्य तथा मूल्य वृद्धि सहित कालोबजारी भइरहेको गुनासोको आधारमा बजार अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामाग्रीहरू बरामद गरि नष्ट गरिएको छ ।जयगढ बजारमा सञ्चालित १ मेडिकल सहित ४ वटा किराना पसलबाट म्याद गुज्रिएका खाद्यान्न तथा औषधी भेटिएका थिए ।

बजार अनुगमनका क्रममा पसलहरूको अनुगमन गर्दै गाउँपालिकाले मूल्य सूचि उपलब्ध गराउनुका साथै पसलमा अनिवार्य रुपमा मूल्य सूचि टास्न आग्रह गरेको छ ।

अनुगमनका क्रममा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले व्यापारीहरूलाई अनिवार्य रुपमा मुल्यसुचि टाँस्न निर्देशन दिनुभयो ।

यस्तै मूल्य सूचि भन्दा बढी मूल्यमा सामाग्री बिक्री वितरण गरेको पाइएका प्रहरी तथा आफलाइ जानकारी गराउन समेत उपाध्यक्ष साउँदले सवैमा आग्रह गर्नु भएको छ ।

बजार अनुगमनका क्रममा उल्लेख्य मात्रामा म्याद गुज्रिएका सामाग्री भेटिनु चिन्ताजनक विषय रहेको बताउँदै उपाध्यक्ष साउँदले बजार अनुगमन कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

बजार अनुगमनका वडा नम्बर ३ बर्दादेवीका वडा अध्यक्ष कुल बहादुर शेट्टि ,निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशी, जयगढ प्रहरी चौकीका इन्चार्ज रमेशराज भट्ट लगायत सहभागी हुनु भएको थियो ।


क्याटेगोरी : अर्थ खबर, मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!