Techie IT

८० रुपैयाँ बिजुली महसुल तिर्न बान्नीगढीका नागरिक ३ सय खर्च गर्न बाध्य


बान्नीगढी जयगढ गाउँपालिकाका नागरिकहरू ८० रुपैयाँ बिद्युत् महसुल बझाउनका लागी ३ सय रुपैयाँ भन्दा बढी खर्च गर्न बाध्य भइरहेका छन् ।

जयगढमा बिद्युत् महसुल बुझाउने बिद्युत् कार्यालय नहुँदा ८० रुपैयाँ महसुल बुझाउनकै लागी ३ सय भन्दा बढी रुपैयाँका साथै धेरै समय खर्चिन सर्वसाधारण बाध्य भइरहेका हुन् ।

न्यूनतम ८० रुपैयाँ बिद्युत् महसुल बुझाउनका लागी मंगलसैन र बयालपाटा धाउँदा सवारी भाडामा मात्र ३ सय रुपैयाँ खर्च गर्नुपर्ने सर्वसाधारणलाई बाध्यता रहेको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका नागरिकले बिद्युत् महसुल सदरमुकामस्थित कार्यालयमा र अन्य वडाका नागरिकले बयालपाटा स्थित कार्यालयमा बुझाउँदै आएका छन् ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ का स्थानीय सुनिता साउँदले थोरै रुपैयाँ बिद्युतको महसुल बुझाउन मंगलसैन जानुपर्ने बाध्यताले आफुहरु मर्कामा पर्ने गरेको बताउनुभयो ।

बिद्युत् महसुल बुझाउनका लागी सदरमुकाम जान समयमै गाडी नपाइने र बिद्युत् महसुल भन्दा बढी गाडी भाडामा पैशा खर्च हुने गरेको उहाँको गुनासो छ ।

बिद्युत् महसुल बुझाउनकै लागी नागरिकले भोग्दै आएको समस्या समाधानका लागी जयगढमै बिद्युत् महसुल काउन्टर स्थापना गर्नुपर्ने उहाँले बताउनु भएको छ ।

आवाज : सुनिता साउँद

यस्तै बान्नीगढी जयगढ गाउँपालिकाका स्थानीय गोकुल ठकुल्लाले बिद्युतको महसुल बुझाउन टाढा पुग्नु पर्ने बाध्यताले विभिन्न समस्या भोग्नु परेको बताउनु भएको छ ।

आवाज : गोकुल ठकुल्ला

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र अछामका प्रमुख जयानन्द बोकटीले ग्रामीण भेगमा तत्कालै विद्युत् महसुल बुझाउने काउन्टर खोल्न समस्या हुने बताउनुभयो । उहाँले पालिका र अन्य सरोकारवालासँग समन्वय गरेर यो समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको छ ।


क्याटेगोरी : अर्थ खबर, बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस