मेल्लेखमा ग्राम उद्योग उद्घाटनको तयारी तिव्र : असोज १ गते उद्घाटन गरिने

मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही असोज १ गते उद्घाटन गर्न लागिएको ग्राम उद्योगको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो ।
गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराद्वारा एक कार्यक्रमका बिच ग्राम उद्योगको यही असोज १ गते शुक्रवार दिउसो उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।
मेल्लेख गाउँपालिकामा स्थापना गरिएको ग्राम उद्योगमा स्थानीय रूपमा पाइने विभिन्न अल्लो तथा भाङबाट बनेका लुगा कपडा,काठबाट बनेका विभिन्न काष्ठ सामाग्रीहरू,सरकारी कार्यालयका पोसाक,विद्यालयका पोसाक लगायत मौसम अनुसारका लुगा कपडा उत्पादन भइरहेका छन् ।
स्थानीय उत्पादनलाई बजारीकरण गर्दै नागरिकहरूलाई आफ्नै गाउँ ठाउँमा रोजगारी प्रदान गर्ने उद्देश्यले ग्राम उद्योगको स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भएको छ ।
यही भाद्र २८ गते मात्र मेल्लेख गाउँपालिकाको नव निर्मित प्रशासनिक भवन र आधारभूत अस्पतालको औपचारिक रूपमा गाउँपालिका अध्यक्ष बोहराले उद्घाटन गर्नु भएको थियो ।
ग्राम उद्योग उद्घाटनका लागी ग्राम उद्योगको रङ्ग रोगनका क्रमका केही तस्बिरहरू :-
क्याटेगोरी : अर्थ खबर, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस