पन्चदेवल बिनायक नगरपालिकाद्धारा बिद्यालयको अनुगमनमा तिब्रता

शिक्षाका १८ वटा सुचकमा रहेर अनुगमन गरिने समिती संयोजक: खनाल

पन्चदेवल बिनायक नगरपालिकाले बुधबारदेखि बिद्यालय अनुगमन सुरु गरेको छ । वडा नम्बर ८ का अध्यक्ष तारा प्रसाद खनालको संयोजकत्वमा गठित समितिले बुधबारदेखि अनुगमनको काम सुरुगरेको हो ।बिध्यालयको भौतीक संरचना, आर्थिक अवस्था , जनशक्तिको बिवरण लगायत गरि १८ वटा सुचकमा रहेर अनुगमन गरिने समिती संयोजक खनालले बताउनु भयो ।

बिद्यालय समायोजन गर्ने सम्मका निति बनाएको नगरपालिकाले बिध्यालयको सम्पुर्ण बिबरण ल्याउनको लागी अनुगमन गरिरहेको बताईएको छ ।उहाँका अनुसार नगरपालिकाका ६१ वटै बिध्यालयको बिबरण अबको एक हप्ता भित्र ल्याई सक्ने समितिको उदेश्य रहेको अनुगमन समिती सँयोजक खनालको भनाई छ ।

बिभिन्न समुह बिभाजन गरेर गरिने अनुगमनमा नगरपालिका २ का अध्यक्ष पदम धामी , वडा नम्बर ५ का अध्यक्ष कुल बहादुर बुढा लगायत सदस्य सदस्यहरु फरक फरक वडामा खटिएका छन । अनुगमन समितिको प्रतिबेदनकै आधारमा नगरपालिकामा बिध्यालय समायोजन , दरबन्दी कायम लगायतमा महत्वपूर्ण कार्यहरु हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker