Techie IT

गुणस्तरिय शिक्षाका लागी नया शिक्षा निति ल्याउने : अध्यक्ष खड्का


बान्नीगढी जयगढ गाउँपालिकामा रहेका बाल विकास केन्द्रलाई पानी फिल्टर औजार बितरण गरीएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्र रहेका सबै बालबिकास केन्द्रका ४२ जना सहजकर्तालाई फिल्टर बितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतमा भएको पानी फिल्टर औजार बितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शैलेसराज ढङ्गाना,वडा अध्यक्षहरु,कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।

बाल विकास केन्द्रका सहजकर्ताहरुलाई पानी फिल्टर औजार बितरण गर्दै अध्यक्ष खड्काले बालवालिकाहरुको शिक्षाको पहिलो खुड्कीलो बालविकास केन्द्र भएकाले बालवालीकाको उज्वल भविष्यका लागी बालविकास सहजकर्ताको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।

गाउँपालिका भित्र रहेका सबै बालविकास केन्द्रको अनुगमन गरेपश्चात बालविकास केन्द्रको समस्याका बारेमा आफु जानकार रहेको बताउदै अध्यक्ष खड्काले बान्नीगढी जयगढ गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रवाह गर्न बिशेष खालको शिक्षा निति ल्याईने उद्धघोष गर्नु भएको छ ।

बालविकास केन्द्रलाई वितरण गरीएका पानी फिल्टर औजारहरुको सही रुपमा सदुपायोग गर्न उहाले आग्रह गर्नुभयो । औजार बितरणका क्रममा पानी फिल्टर औजारको महत्व र यससको सहि सदुपयोग के कसरी गर्ने भन्ने बारेमा कृष्ण बहादुर स्वारले जानकारी गराउनु भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका सुचना अधिकारी बसन्त बहादुर रावलले गर्नुभएको हो ।


क्याटेगोरी : शिक्षा, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!