शैक्षिक गुणस्तर सुधारबारे अन्तरक्रिया जयगढमा सम्पन्न

बिद्यालय रुपान्तरण तथा शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम जयगढमा सम्पन्न भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका सहभागीहरुले सामुदायीक बिद्यालयले आशा लाग्दो प्रतिफल हाँसील गर्न नसेकेको र शिक्षा क्षेत्रमा आवश्यक लगानी हुन नसकेको औल्याँएका छन ।
सामुदायीक बिद्यालयको प्राथमिक तहमा पछिल्लो समय बिद्यार्थीको सँख्या घट्दै गएकोमा कार्यक्रमका सहभागीले चिन्ता व्यक्त गरेका थिए । बिद्यालयमा आवश्यक पुर्वाधारको अभाव,शिक्षक दरबन्दिको अभाव, बिद्यालयप्रति अभिभावको बेवास्था लागयतका कारणले सामुदायीक बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुन नसकेको सहभागीको भनाई थियो ।
शैक्षिक गुणस्तर बृद्धि गर्न कक्षागत बालबालिकाहरुलाई पाठ्यक्रमले निर्धारण गरेको सिकाई उपलब्धी अनुसार शिक्षण सिकाई गरी उपलव्धी हाँसील गर्नुपर्ने,आवश्यकताका आधारमा बिद्यालय एक आपसमा गाभ्नु पर्नेमा जोड दिईएको छ ।
कार्यक्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले निजि बिद्यालय र सामुदयीक बिद्यालयका बारेमा अभिभावकको धारणामा परिबर्तन गर्नुपर्ने जोड दिनुभयो । बान्नीगढी जयगढ गाउँपालिकामा शैक्षीक गुणस्तर बृद्धि गर्न शिक्षक र गाउँपालिका बिच सहकार्य आवश्यक रहेको उहाको भनाई छ । गुणस्तरीय शिक्षाका लागी सवै भन्दा बढि शिक्षकहरुको भुमिका आवश्यक हुने बताउदै उपाध्यक्ष साउँदले शिक्षकहरुले आफ्नो जिम्मेवारीबाट पन्छीन नहुने बताउनु भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिमा रहेका सामुदायीक बिद्यालयका प्रधानाध्यापक,वडा अध्यक्ष लगायत सरोकारवालाको सहभागीता रहेको थियो । भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख नयन बहादुर कुँवरले गर्नुभएको थियो ।
क्याटेगोरी : शिक्षा, समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस