हाम्रो विद्यलय, राम्रो विद्यालय अभियानमा जाल्पादेवि आधारभुत मा सबैको सकरात्मक सहयोग

कसको कती रकम हेर्नुहोस

मङ्गलसेन नगरपालिका वडा नम्वर १ ढुङ्गानिमा रहेको जाल्पादेवि आधारभुत विद्यालयले सुरु गरेको “हाम्रो विद्यालय राम्रो विद्यालय“ अभियानलाई विभिन्न ब्याक्तिहरुले साथ दियका छन ।

विद्यालयको शैक्षिक, आर्थिक र भौतिक अवस्था सुधारको लागि सुरु गरिएको उक्त अभियानमा हालसम्म ३८ जनाले साथ दियका हुन । विभिन्न ब्याक्तिहरुले बिद्यालयको आजिवन र मानार्थ सदस्य बन्दै विद्यालयले संचालन गरेको अभियानमा जोडीदै गयका “हाम्रो बिद्यालय राम्रो बिद्यालय“ अभियानका मुख्य अभियान्ता होम बहादुर साउदले बताउनुभयो ।

बिद्यालयको अवस्था सुधारका लागि मात्रै नभएर गाउँ समाजको शिक्षाको स्थिति माथि उठाउनका लागि यो अभियान सञ्चालन गरिएको बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष तथा अर्का अभियन्ता कमल बहादुर थापाले बताउनुभयो । हालसम्म विभिन्न ब्याक्तिहरुबाट रु एक लाख भन्दा बढी सहयोग घोषणा भईसकेको भन्दै थापाले अभियानमा सबैको साथ मिल्दै गयकोले झन हौसला मिलेको बताए । बिद्यालय भौतिक रुपमा जिर्ण बनेको तथा शैक्षिक र आर्थिक रूपमा पनि धरासयी बनेकोले यो अवस्था सुधारको लागि अभियान संचालन गर्नुपरेको बिद्यालयका प्रधानाध्यापक काशिराम उपाध्यायले बताउनुभयो । सहयोग घोषणा गरेर अभियानमा सङ्लग्न सबैलाई प्रअ उपाध्यायले धन्यवाद समेत दिनुभयो । सहयोगी मनहरुलाई उचित सम्मान सहित संकलन भएको रकमको उचित सदुपयोग गरिने प्रतिबद्धता समेत उहाले जनाउनुभयो ।

“हाम्रो बिधालय राम्रो बिधालय“ अभियानका लागि हालसम्म गौतम थापाले रु. १२ हजर २११, मिन बहादुर साउदले रु.१२ हजार१६१, तारामान साउदले रु. ११ हजार १५१, पदम साउद रु. १० हजार १११, रतन थापाले रु. १० हजार १११, झंकरि साऊदले रु. १० हजार ५१, केशव उपाध्यायले रु. १० हजार, टेकेन्द्र थापाले रु.८ हजार ८००, दिपक साऊदे रु. ५ हजार र जगत साऊदले रु. ४ हजार सहयोग घोषणा गर्नुभएको छ । यस्तै भिमराज नाथबाट रु. १ हजार ६००, रमेश थापा १ हजार ६००, हिक्मत थापा रु. १ हजार ६००, होम बहादुर थापा १ हजार ५००, भुवन थापा १ हजार ५५, एकेन्द्र थापाबाट ८ सय ८०, चन्द्रबहादुर थापा १ हजार, पविखड्का १ हजार, पुर्णबहादुर रानाबाट १ हजार १११ घोषणा भएको बिब्यस अध्यक्ष थापाले जानकारि दिनुभयो । अभियानलाई सफल पार्नका लागि हालसम्म मङ्गलसेन नगरपालिका १ का वडा अध्यक्ष गोपाल थापाबाट १ हजार ५, वडा सदस्य तेजराज नाथ ५०५, काशिराम ऊपाध्याय १ हजार ५, कमल थापा १ हजार १११, होम बहादुर साउद१ हजार १११, चन्द्र भण्डारी १ हजार, धुर्व रावल १ हजार, नेत्र थापा ५००, ललि थापा१हजार १५५, बालु थापा ६५५, प्रसादे साऊद ५५५, पैला थापा ५५५, प्रेम साऊद ५५५, बिमा साऊद ५५५, रंगि साऊद ५०५, मनसरा थापा ५०५, जलु थापा ५०५, रेबु साऊद ५०५ र अम्वरे साऊदबाट रु ५०५ प्राप्त भैसकेको बिधालयले जनाएको छ ।

बिधालय परिवारको तर्फबाट सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद सहित अझै यो अभियानमा सहभागी हुन आग्रह समेत गरियको छ । बिद्यालयले हालसम्म भएको सबै सहयोग प्रती आभार प्रकट गर्दै यो अभियानमा सहयोग गर्न सबैमा अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker