Techie IT

गाउँपालिकालाई पूर्ण साक्षर वडा घोषणा गर्न पुर्व तयारी बैठक चौरपाटिमा सम्पन्न


चौरपाटि गाउँपालिकालाई पूर्ण साक्षर वडा घोषणा गर्न पुर्व तयारी बैठक चौरपाटि गाउँपालिकामा सम्पन्न भएको छ ।

चौरपाटी गाउँपालिकामा रहेको कुल जनसंख्या २१६९८ को ९६ ५ साक्षर भएपछि गाउँ पालिकालाई पुर्ण साक्षर घोषणा गर्न लागिएको हो । चौरपाटि गाउँ पालिकालाई पुर्ण साक्षर वडा घोषणा गर्न विभिन्न उप समितिहरु समेत गठन गरिएको छ। बैठकले साक्षर अभियानलाई सफल पार्न चौरपाटि गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको संयोजनमा २७ जनाको मुलसमिति गठन गरेको छ ।

कार्यपालिका सदस्य , शिक्षक माहसंघ जिल्ला अध्यक्ष , दिप बहादुर कुवर, नेपाल शिक्षक महासंघ चौरपाटि अध्यक्ष बमबहादुर शाह, नेपाल राष्ट्रिय शिक्षक संगठन टंक प्रसाद जोशि, लागाएतका सदस्य रहेको बताईएको छ । चौरपाटि गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले जिल्ला समुन्वय समितिको टोलिले पनि अनुगमन गर्दा पुर्ण साक्षर गाउँपालिका योग्य भएको भन्दै प्रतिबेदन समेत बुझाईसकेकोले अफ्ठयारो नभएको बताउदै घोषणा गर्ने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । वहाँले चौरपाटि गाउँपालिकाको साक्षर अभियानलाई सफल पार्न सबैले हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो ।

चौरपाटि गाउपालिकाका अध्यक्ष हर्कबहादुर साउदको अध्यक्षतामा बसेको बैठकमा चौरपाटि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद ढुङ्गाना ,वडा अध्यक्षहर, कार्यपालिका सदस्यहरु ,चौरपाटि गाउँपालिकाका बिभन्न प्रमुख बिद्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो बैठकमा साक्षरताको तथ्यांक र अहिले सम्म भए गरेका गतिबिधिको बारेमा वाक नेपाल चौरपाटि पुर्ण साक्षरता अभियान परियोजना का परियोजना अधिकृत पु्र्ण शाहले जानकारि गराउनु भएको बैठकको संचालन शिक्षा शाखा चौरपाटिका प्रमुख तक्षबहादुर शाहले गर्नुभएको थियो ।


क्याटेगोरी : शिक्षा, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस