पालिका स्तरिय साक्षरता समन्धी बैठक बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न

साक्षर गाउँपालिका घोषणा गर्ने उदेश्यका साथ पालिका स्तरिय साक्षरता समन्धी बैठक बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ ।
गाउँपालिका स्तरका सरोकारवाला माझ पालिकाको साक्षरता अवस्था प्रस्तुती,पालिकास्तरिय साक्षरता समुन्वय समिती गठन र साक्षरता रणनिती क्षेत्रको पहिचान गर्न आज बैठक सम्पन्न भएको हो । २०७६ साल भित्र नेपाललाई साक्षर बर्ष बनाउने सरकारको लक्षलाई सफल पार्न वाक नेपालको आयोजना र बान्नीगढी जयगढ गाउँपालिकाको सहयोगमा गाउँपालिकाको हलमा बैठक सम्पन्न भएको हो । मानब जिबनकालागी साक्षरता महत्वपुर्ण भएकाले निरक्षर ब्यक्तीहरुलाई आफ्नो आफ्नो ठाउँबाट साक्षरता बनाउन सबैले पहल गर्नुपर्ने बैठकमा सबै सरोकारवाला बिच छलफल भएको छ ।
बैठकको अध्यक्षता गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले ले गर्नुभएको थियो । बैठकमा अध्यक्ष खड्काले बान्नीगढी जयगढ गाउँपालिकालाई अब केहि दिनमै साक्षर गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । साक्षरताका बिभिन्न कार्यक्रमहरुलाई कार्यन्वयनमा प्रभावकारिता, सहजता,एकरुपता,स्पस्टतामा कायम गर्न सबै सरोकारवालाको जिम्मेवारी रहेकाले सबैले आफ्नो आफ्नो ठाउँबाट साक्षरता अभियान सफल पार्न एकरुपताका साथ लाग्नु पर्ने अध्यक्ष खड्काले उद्घोष गर्नु भयो ।
आवाजःराजेन्द्र खड्का
गाउँपालिकामा निरक्षरतालाई निर्मुलपारी सबै नागरिकलाई साक्षर बनाई छिट्टै गाउँपालिका साक्षर गाउँपालिका बनाउने वाक नेपालको उदेश्य रहेको छ । गाउँपालिका भित्रको साक्षरताको तथ्याकं वाक नेपालका आईटी अफिसर हिमाल बुढाले प्रस्तुत गर्नु भएको थियो । बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेशराज ढंगााना, वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर शेट्टी, १ का नेत्र साउँद,४का तिलक ठकुल्ला, शिक्षा साखा प्रमुख, महिला साखा, प्रमुख, सुरक्षाकर्मी, सन्चारकर्मी, बिभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । शिक्षा साखा प्रमुख नयन कुंवरले स्वागत गरेको बैठकको सन्चालन पालिका स्तरिय साक्षरता कार्यक्रम संयोजक योगेन्द्र वलीले गर्नु भएको थियो ।
क्याटेगोरी : शिक्षा, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस