अछामका जनप्रतिनिधिलाई यौनिकताबारे शिक्षा प्रदान

अछामका स्थानीय तहका जनप्रतिनिधिलाई यौनिक शिक्षाबारे जानकारी दिइएको छ ।

वाक नेपाल र यूनेस्को नेपालसंगको सहकार्यमा सञ्चालित बृहत यौनिकता शिक्षा तालिममार्फत जनप्रतिनिधिलाई यौन शिक्षा सम्बन्धी जानकारी दिइएको हो । समाजबाट बलात्कार, यौन अपराध तथा महिला हिंसाका घटना न्यूनीकरण गर्न यौन तथा यौनिकता शिक्षाबारे तालिमपछि जानकार भएको साँफेबगर नगरपालिका कार्यपालिका सदस्य जयन्ती वोगटीले जानकारी दिनु भयो ।

यौन तथा यौनिकताबारे खुलेर कुराकानी गर्न नसक्ने जनप्रतिनिधि अहिले निर्धक्क कुराकानी गर्न सक्ने भएको उहाँको भनाई रहेको छ । यौनिक शिक्षाको तालिम पाएपछि अहिले आफूले गाउँघरका महिला दिदी बहिनीलाई यौन शिक्षाका महत्वबारे बुझाउन सहज भएको उहाँको भनाई छ ।

यस्तै, यौनिकता तालिम लिनुभएका मंगलसैन नगरपालिका वडा न ३ का अध्यक्ष पदम भाटले महिलाको आत्मसुरक्षाको लागि तालिम महत्वपूर्ण रहेको बताउनु भयो । महिलामाथि हुने हिंसा न्युनीरकणको लागि तालिमले सहयोग पुगाएको अध्यक्ष भाटको भनाई रहेको छ । गैसरकारी संस्थाले मात्रै नभई यौनिकता शिक्षाबारे वडाले पनि तालिमको आयोजना गर्नुपर्ने महसुश भएको बताउनु भयो । उहाँले आगामी दिनमा वडाले पनि महिलाको सशक्तीकरणको लागि तालिमको आयोजना गरिने जानकारी दिनुभयो । समाज अझै महिलामाथि विभेद र हिंसा हुँदै गएकाले त्यसको न्यूनीकरणको लागि जनप्रनिधिको पनि भूमिका महत्वपूर्ण रहेको अध्यक्ष भाटको भनाई रहेको छ । चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवरले सार्वजनिक स्थलमा यौनिक हिंसा वा दुव्र्यवहारको शिकार कुनै न कुनै रुपमा हरेक महिलाहरुले भोग्नुपरेको अवस्था तालिमले सचेत बनाएको बताउनुभयो । उहाँले आफूले यौनिकताबारे केही जानकारी पाएको भएपनि तालिम पछि थप सचेत बनेको बताउनुभयो ।

‘समाजमा अनुशासन र जवाफदेही व्यवहार घट्दो क्रममा हुँदा यस्ता नकारात्मक विषयहरुले प्रश्रय पाइरहेका हुन्छन्’ उहाँले भन्नुभयो– ‘सभ्य तथा समतामूलक समाज निर्माणका लागि यस्ता विकृतिहरुको नियन्त्रण हुन सचेतीकरणका तालिम हुन आवश्यक रहेको छ ।’ माहिलामाथि हुने हिंसा, बोक्सी, बालविवाह, छाउपडीलगायतका समस्याबाट ग्रसित ग्रामिण क्षेत्रका लागि महिलालाई जानकारी दिनको लागि तालिमले सहयोग पुगेको उपाध्यक्ष कुँवरको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker