गुणस्तरिय शिक्षाकालागी अभिभावक र शिक्षकको पारस्पारिक समन्ध आवस्यक छ : बोगटी

बिद्यामन्दिर नमुना माबीको ३१ औँ अभिभावक भेला सम्पन्न

शिक्षा क्षेत्रमा अभिभावक र शिक्षकको पारस्पारिक समन्ध भए मात्र शिक्षामा गुणत्मक परिबर्तन आउन सकिने प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले बताउनु भएको छ ।

बिद्यामन्दिर नमुना माबीमा भएको ३१ औँ अभिभावक भेलाको प्रमुख अथितीको आसन बाट बोल्दै बोगटीले शिक्षक, अबिभावक र राजनिती दलका पाटी हरुको सम्बन्ध नङ र मासुको जस्तो  भयो भने मात्र शिक्षामा बढि भन्दा बढी सुधार आउने उहाँले बताउनु भयो ।

पहिलेको शिक्षाको तुलानामा अहिले धेरै फड्को मारेकोले अब सबै नागरिक शिक्षाबाट कोही पनि बन्चित नहुने बोगटीले उद्घोष गर्नु भयो । बिद्यालय व्यवस्थापन समिति का कार्यवाहक अध्यक्ष टंक ब धामीको सभा अध्यक्षतामा  भएको कार्यक्रममा बिशिस्ट अथिती माननीय सांसद अक्कल बहादुर बिष्ट  पन्चदेवल विनायक  नगरपालिकाका प्रमुख देवराज देवकोटा रहनु भएको थियो ।

कार्यक्रम बिशिस्ट अथितीको आसन बाट बोल्दै पञ्चदेवल विनायक  नगर पालिकाका नगर प्रमुख देवकोटाले विद्यालयले बिद्यार्थी र शिक्षाको क्षेत्रमा पारदर्सी काम गर्दै गए नगरबाट पाउने सेवासुबिधा दिन आफुु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

अन्य अथितीमा पन्चदेवल विनायक  नगरपालिकाका उपप्रमुख अम्बिका चलाउने ,पन्चदेवल विनायक नगरपालिकाका १ देखि ९ सम्मका सम्पूर्ण वडाका वडा अध्यक्षहरू, नेपाल कम्युनिस्ट पाटी नेकपाका नगर अध्यक्ष  नितेश रिमाल, नेपालि काङ्ग्रेसका नगर अध्यक्ष खेमराज अधिकारी ,पञ्चदेवल क्याम्पस प्रमुख विनिता अधिकारी लगायत शिक्षक अभिभावकहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker