अछाम बहुमुखी क्याम्पसमा क्यूएए प्राप्तीका लागी अन्तक्रिया

क्याम्पसलाई गुणस्तर प्रत्यायोजन गर्ने मंगलसैन नगर प्रमुख बोहराकाे प्रतिबद्धता

टेकराज भण्डारी,  अछाम

अछाम बहुमुखी क्याम्पसलाई गुणस्तर प्रत्यायोजन प्रतिबद्धता (क्यूएए) प्राप्तिका लागि आवश्यक सम्पूर्ण सहयोग गरीने क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा मंगलसैन नगरपालिका प्रमुख पदम बहादुर बोहराले बताउनु भएको छ ।

गुणस्तर प्रत्यायोजन प्रतिबद्धता (क्यूएए) प्राप्तिका लागि सञ्चालक समिति तथा वडा अध्यक्षहरुवीच आज भएको अन्तक्रिया तथा छलफलमा नगरप्रमुख तथा सञ्चालक समिति अध्यक्ष बोहराले शिक्षाको विकास विना हरेक काम अधुरा हुने भन्दै क्यूएए प्राप्तिका लागि आवश्यक सहयोग गरिने बताउनु भएको हो ।

गुणस्तर प्रत्यायोजन प्रतिबद्धता (क्यूएए) प्राप्त भएपछि क्याम्पस, प्राध्यापक तथा विद्यार्थी, अभिभावक लगायत सबैलाई फाईदा हुने भएकाले यसमा सबैले आवश्यक सहयोग गर्ने बताउनु भएको हो ।

क्यूएए अन्तर्रा्ष्ट्रिय रुपमै मान्यता प्राप्त हुने प्रमाण भएको र यसबाट आगामी दिनमा क्याम्पसका लागि आवश्यक अन्य थुप्रै सहयोग सरकारी तवरबाटै प्राप्त हुने भएकाले यो प्राप्तिका लागि सञ्चालक समिति तथा अन्य सरोकारवालालाई समेत सहयोग गर्ने वातावरण बनाउन आफुहरु तयार भएको बताउनु भएको हो ।

सञ्चालक समितिका अन्य दाधिकारी तथा वडा अध्यक्षहरुले समेत आ आफ्नो ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । क्याम्पस सञ्चालक समिति अध्यक्ष बोहराको अध्यक्षतामा भएको कार्यक्रममा क्यूएए श्रोत व्यक्ति घोडाघोडी बहुमुखी क्याम्पस कैलालीका सहायक क्याम्पस प्रमुख पुष्करराज जोशीले क्यूएए प्राप्त गर्न विभिन्न सरोकारवालाले गर्नुपर्ने काम तथा भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो ।

क्याम्पस भौतिका रुपमा क्यूएए प्राप्त गर्न योग्य रहेपछि अन्य व्यवस्थापन तथा निर्माणका थुप्रै कार्य गर्न बाँकी रहेको औँल्याउनु भएको छ । क्याम्पसले गुणस्तर प्रत्यायोजन प्रतिबद्धता प्राप्तिका लागि विभिन्न कार्यहरु गरीरहेको र सबैको प्रयासबाट मान्यता पाउने क्रममा रहेको क्याम्पस प्रमुख छत्र बहादुर बिष्टले जानकारी गराउनु भयो ।

क्याम्पसलाई सम्पूर्ण रुपमा नमूनायोग्य बनाउन तथा पद्धतिमा सञ्चालन गर्नका लागि अग्रसर भइरहेको उहाँको भनाई छ । कार्यक्रममा सहायक क्याम्पस प्रमुख ध्रुब कुमार शाहीले गुणस्तर प्रत्यायोजन प्रतिबद्धताका प्राप्तिको कार्यका लागि क्याम्पस संग सरोकार राख्ने हरेक निकायसंग त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आगामी दिनमा भेट गर्ने भएकाले यसका लागि समेत तयारी भैरहेको बताउनु भयो ।

नेपाल सरकारले विश्व बैंकसंग सम्झौता गरी पहिलो चरणमा देशभरबाट ६० क्याम्पसलाई क्यूएए मान्यता दिने लक्ष्य राखेकोमा हाल करिब ४५ क्याम्पसले मात्रै प्राप्त गरेका बताईएको छ । पाँच बर्षसम्म कार्यान्वयन हुने यो प्रक्रियामा सफल भएपछि क्याम्पसको थप विकास, नयाँ कार्यक्रम लागू आदी गर्न बार्षिक करिब २ करोड बराबरको रकम आउने बताईएको छ ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker