अछाममा टोल शिक्षा शुरु, बालबालिका रमाए

टेकराज भण्डारी , अछाम
कोरोना महामारीको कारण विद्यालय सञ्चालनमा समस्या भएपछि वैकल्पिक कक्षा सञ्चालनका लागि टोल शिक्षा शुरु गरिएपछि अछामका बालबालिका खुसी भएका छन् ।
विद्यालयमा विद्यार्थी आउन तथा कक्षा सञ्चालन गर्न समस्या हुने भए पछि सरकारको निर्देशन अनुसार बैकल्पिक माध्यमबाट पठनपाठन कार्य शुरु गरिएको मंगलसैन नगरपालिकाका श्रोत व्यक्ति बृकेश बोगटीले बताउनु भयो ।
टोल शिक्षाबाट गृहकार्य पाएका बालबालिका घरमा समेत रमाईरमाई गृहकार्य गर्न थालेका छन् । ४ महिनादेखि विद्यालय बाहिर रहेका बालबालिका कापी कलम बोकी विद्यालय जान पाउँदा खुसी भएको पाईन्छ ।
जिल्लाका मेल्लेख गाउँपालिका, साँफेबगर नगरपालिका, मंगलसैन नगरपालिका लगायतका स्थानमा टोल शिक्षा शुरु गरिएको छ । हरेक दिन विहान तथा बेलुकी निश्चित समय तालिका बनाई पठनपाठन कार्य शुरु गरिएको मंगलसैन ६ स्थित गंगा माविका प्रधानाध्यापक मोतिराम भण्डारीले बताउनु भयो ।
लामो समय सम्म विद्यालय सञ्चालन नहुँदा बालबालिकामा अध्ययन गर्ने बानी हराउँदै गएको, अभिभावकले भनेको नमान्ने तथा अटेरी भएको, जिद्दीपना बढेको लगायतका समस्या देखिएकाले आफुहरुले सुरक्षित रुपमा टोल शिक्षा सुरु गर्ने निर्णय गरेको मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको भनाइ छ ।
कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पनि आफु लागिरहेको बताउँदै नगरप्रमुख बोहराले लामो समय सम्म कोरोनाको प्रभाव देखिने भएकोले आफुहरुले विकल्प ल्याएको बताउनुभयो ।
विद्यार्थीलाई भर्ना गराई किताब वितरण गरिसकेको र विद्यालयको आन्तरिक प्रशाशनीक कार्य पनि गराईरहेको शिक्षा विकास तथा समन्वय ईकाईका प्राविधिक सहायक दिपेन्द्र बिष्टले बताउनु भयो ।
लामो समयपछि आफ्नै टोलमा सिक्न पाउँदा विद्यार्थी निकै खुुसी भएर रमाएका एक शिक्षक लोकराज भण्डारीको भनाइ छ । आफुहरु टोलमा गएर केही सिकाउन थालेपछि विद्यार्थी तथा अभिभावकमा सकारात्मक सन्देश गएको मेल्लेख गाउँपालिकाका शिक्षक नृप रावतको भनाइ छ ।
क्याटेगोरी : शिक्षा, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस