Techie IT

प्रगतीशिल आधारभुत बिद्यालयको ११ औ बार्षीक अबिभावक भेला मंगलसेन १ लेष्टिगाडमा सम्पन्न


मंगलसेन नगरपालिका वडा नम्बर १ लेष्टिगाड स्थीत प्रगतीशिल आधारभुत बिद्यालयको ११ औ बार्षीक अबिभावक भेला सम्पन्न भएको छ ।

विद्यालय व्यावस्थापन समितीको अध्यक्ष कम्मान सिंह थापाको अध्यक्षतामा भएको भेलामा प्रमुख अथिती वडा नम्बर १ कुन्तीका वडाअध्यक्ष गोपाल थापा रहनुभएको थियो ।

भेला मार्फत गत आर्थी बर्षको आय व्यया प्रस्तुत गरिएकाृ थियो । जस अन्र्तगत आय तर्फ १९ लाख ५० हजार ४ सय ४ रुपया र व्याय १८ लाख १८ हजार ७६ रुपया विद्यालयका प्रधानाध्यापक चन्द्र कला विष्ट थापाले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ठ अथितीद्धय नेकपाका प्रतिनिधी लोकराज नाथ, वडा सदस्य पर्ण बहादुर राना रहनुभएको थियो । कार्यक्रममा अन्य अथिती कांग्रेस प्रतिनिधी चन्द्र बहादुर जैगढी, बिधालय शिक्षक संघका अध्यक्ष मनिराम थापा, वडाका जनप्रतिनिधी, विद्यायार्थी, अबिभावक, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

विद्यालयका शिक्षक गोपाल जैगढीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको स्ंचालन शिक्षक रेवन्तराज नाथले गर्नुभएको गोकर्ण रानाले जानकारी दिनुभयो ।


क्याटेगोरी : शिक्षा, समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस