Techie IT

सुदूरपश्चिमका शिक्षक अन्दोलित, मुख्यमन्त्री कार्यालयमा धर्ना


सुदूरपश्चिमका शिक्षक आन्दोलित भएका छन्। आफ्ना विभिन्न ३४ बुदे मागलाई अघि सार्दै सुदूरपश्चिमका शिक्षकहरु आन्दोलित भएका हुन्। पेशागत हकहित तथा शिक्षाको गुणस्तर सुधारको माग गर्दै शिक्षकहरु आन्दोलित भएका छन्।

विगतमा शिक्षकहरुका ३० बुदे माग सम्बोधन गर्ने गरी सम्झौता भएपनि कार्यान्वयन नहुदा पुनः आन्दोलित हुनु परेको एकिकृत अखिल नेपाल शिक्षक संगठनका सुदूरपश्चिम इन्चार्ज सुमन कुमार न्यौपाने बताए।‘पहिलो चरणमा विभिन्न निकायलाई ज्ञापन पत्र बुझाएका छौं,’ उनले भने, ‘हामीसँग भएको सम्झौता कार्यान्वयन नभएपछि मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छौं।

’ सरकारले आफ्नो आवाज अझै नसुने थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी उनको छ।नेपाल शिक्षक महासंघको आयोजनामा आन्दोलनका कार्यक्रम भइरहेका छन्। शिक्षकहरुले आफ्ना ३४ बुदे मागमा विद्यालय कर्मचारीको तलव सुविधा, बालविकास शिक्षको तलव सुविधान, शिक्षक बढुवामा देखिएको समस्या समाधान लगायतका मागहरु अघि सारिएको छ।

दिनेश खबर


क्याटेगोरी : शिक्षा, समाचार

चन्द रेडियो बान्नीगढीमा कार्यरत छन् । करिब एक दशकदेखि पत्रकारिता गरिरहेका चन्दले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!