कोरोना संक्रमणबाट थप ४ जनाको मृ,त्यु

२६ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्र1मणबाट थप चार जनाको मृ1त्यु भएको छ । दुई जना संक्र1मितको उपचारका क्रममा मृ1त्यु भएको हो भने दुई जनामा मृ त्युपछि संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृ1त्यु भएको छ । कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृ1त्यु भएको छ । निमोनिया र मधुमेहका विरामी यनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो र, उनको सोमबार विहान निध1न भएको हो ।

यसैगरी वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृ1त्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृ1त्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै कोरोना संक्रमणबाट मृ1त्यु हुनेको संख्या ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने धनुषाको अपेडट हुन बाँकी भएकाले ७९ मात्र देखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker