पहिरोमा परेर १ जनाको भेटियो शब् ,५ जना पुरिएको आशंका

३० साउन । सिन्धुपालचोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका एक जनाको श व भेटिएको छ भने ५ जनाको उद्धार गरिएको छ । कम्तीमा ३८ जना बेपत्ता भइरहेको पहिरोबाट घा इते तथा मृ तकको उद्धारमा कठिनाइ भइरहेको बताइएको छ । अहिले पनि पहिरो खस्न सक्ने थुप्रै सम्भावनाका कारण उद्धारमा समस्या भएको हो । गल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार १ जनाको श व फेला परेको छ भने ५ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये ५ जनामध्ये एकजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । तर, मृतकको सनाखत भने हुन सकेको छैन । उद्धार गरिकाहरुमा १ जना बालक, २ जना महिला र २ जना पुरूष छन् । घाइते हुनेहरूमा ९ वर्षीय रूपबहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन् । अहिले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु जटेका छन् ।
क्याटेगोरी : रोजगार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस