Techie IT

कमलबजार नगरपालिकामा न्यूनतम रोजगारीका लागी आवेदन आह्वान


कमलबजार नगरपालिकाले न्यूनतम रोजगारीका लागी आवेदन आह्वान गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बेरोजगार व्यक्तिले न्यूनतम रोजगारीमा आबद्ध हुन चाहेमा आवेदन दिन सक्ने गरी सूचना जारी गरिएको छ ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रोजगारीको हक सम्बन्धी ऐन २०७५ र नियम ७ को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ बमोजिम आर्थिक वर्ष २०७९÷०८० का लागी न्यूनतम रोजगारीमा आबद्ध हुन चाहाने नागरिकलाई यही फागुन मसान्त भित्र आवेदन बुझाउन नगरपालिकाले आह्वान गरेको छ ।

न्यूनतम रोजगारीमा जोडिनका लागि १८ वर्ष पुरा भई ५९ वर्ष ननाघेका बेरोजगार व्यक्तिले मात्र आवेदन दिन पाउने र सम्बन्धित वडा कार्यालयमा आवेदन दिन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत  खड्ग बहादुर विष्टले बताउनुभयो ।

आवेदन फाराम सम्बन्धित वडा कार्यालय तथा रोजगार सेवा केन्द्रबाट समेत उपलब्ध गराइने बताइएको छ।

निवेदनका साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,परिवारका सबै सदस्यहरूको नागरिकताको प्रतिलिपि १÷१प्रति,अपाङ्गता भएका व्यक्ती को हकमा अपाङ्गता परिचयपत्र को प्रतिलिपि, १÷१ प्रति पासपोर्ट साइजको फोटो १ प्रति आवेदकले आफ्नो घरपरिवारको यर्थाथ र समर्पुण बिवरण भरी सम्बन्धी वडा अध्यक्षबाट प्रमाणित गराएर मात्र वडा कार्यालयमा दर्ता गर्नु पर्ने बताइएको छ ।
जारी सूचना


क्याटेगोरी : रोजगार, समाचार, स्थानीय, हेडलाईन

भण्डारी रेडियो बान्नीगढीमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!