आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाए: गायक शम्भु राई

नेपालको सांगीतिक बजार यतिबेला ‘गलबन्दीमय’ छ । प्रकाश सपुत र शान्ति श्री परियारको आवाजमा समावेश यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्यूजको रेकर्ड राखिसकेको छ । गीतले बजार पिटिरहँदा विवाद पनि जन्मियो । पुराना गायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको भन्दै गुनासो गरे । आफूले ५ बर्ष अगाडि गाएको ‘देउसी भैली’ गीतसँग प्रकाशको ‘गलबन्दी’ को लय मिलेको उनको दाबी छ ।

यो बिषयमा संगीतप्रेमी दर्शक–श्रोता पनि दुई धारमा विभाजित छन् । कतिपयले लोकगीतका भाका कतै न कतै मिल्ने प्रतिक्रिया दिएका छन् भने कतिपयले प्रकाशले शम्भु राइको भाका चोरेको आरोप पनि लगाइरहेका छन् ।

विवाद गहिरिँदै गएपछि लोकदोहरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले दुवै पक्षलाई राखेर सहमतिको बिन्दु पहिल्याउने प्रयास थालेका छन् । पंगेनीको पहलमा उनकै घरमा बिहीबार बिहान शम्भु र प्रकाशबीच भेटघाट भएको थियो ।

भेटमा दुवै सकारात्मकरुपमा प्रस्तुत भएर छलफल गरेको बद्रीले बताए । ‘उहाँहरु दुवैको एक–अर्काप्रति दुराशय छैन, विवादलाई आपसी सहमतिमा सुल्झाउन दुवै जना तयार हुनुहुन्छ,’ पंगेनीले भने ।

गायक शम्भु राईले प्रकाश सपूतलाई आफूले निरुत्साहित गर्न नचाहेको तर आफ्नो सिर्जनाको नक्कल भएको टुलुटुलु हेरेर नबस्ने प्रतिक्रिया दिए ।अनलाइनखबर

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker