पल र पूजाका लागि किन गरियो हेलिकप्टर चार्टर ?

भदौबाट छायांकनमा जान लागेको सिनेमा म यस्तो गीत गाउँछु २ को घोषणा भएसँगै यसको चर्चा बढेको छ । अझ, फिल्ममा मुख्य कलाकार पल शाह र पूजा शर्मा नै हुने भएपछि दर्शकमा कौतुहलता बढेको छ ।
सिनेमा म यस्तो गीत गाउँछु २ को घोषणा गर्ने कार्यक्रममा अभिनेता र अभिनेत्रीका लागि हेलिकप्टर नै चार्टर गरिएको थियो । सिनेमाको निर्माण टिमले यति धेरै खर्च गरेर पल र पूजालाई काठमाण्डौबाट मनकामना पुर्याएको थियो । यसका लागि १ लाख ३० हजार भन्दा बढी खर्च गरिएको थियो । हेलिकप्टर चार्टर आफैमा एउटा प्रचारको माध्यम पनि थियो ।
अर्कोतिर, यो सिनेमाको मुहुर्तमा कलाकार मात्र सहभागी हुन बाँकी रहेकाले पनि उनीहरुलाई हेलिकप्टरमा लगिएको हो । भदौबाट छायांकन सुरु हुने यो सिनेमालाई फागूण २३ गते रिलिज गरिनेछ ।
क्याटेगोरी : मनाेरञ्जन, मोडल वाच
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस