सन्नी लियोनीको शीरमा जब नेपाली झण्डासहितको भादगाउँले टोपी सजियो

काठमाडौं : बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार काठाडौं आइपुगिन् ।
नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर र प्रचारका लागि उनी काठमाडौं आएकी हुन् । जुन फिल्ममा सन्नीको पनि एउटा ‘आइटम डान्स’ छ । बिहीबार साँझ काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कँदै गर्दा उनलाई देख्नेहरु भने दंग भए ।
रोचक त के भने, सन्नी विमानस्थलमा उत्रिरहँदा नेपाली भादगाउँले ढाका टोपीमा सजिएकी थिइन् । कालो ‘गेटअप’मा आएकी सन्नीलाई स्वागत गर्नेहरुले विमानस्थलमै खादा सहित भादगाउँले टोपी लगाइदिएका थिए । क्रस नेपाली झण्डासहितको कालो टोपीमा सजिएकी सन्नीलाई हेर्नेहरुको घुइँचो थियो ।
विमानस्थलको गेटमै केही बेर सन्नीसँग तस्बिर खिच्नेहरुको भीड नै लागेको थियो । सन्नी विमानस्थलबाट हायात होटेलमा पुगेर बसेकी छन् । कुमारी होटलमा प्रिमियरमा सहभागी भएपछि केही स्थान घुमेर उनी शनिबार भारत फर्किने कार्यक्रम छ ।
अघिल्लो पटक डान्स प्रस्तुती दिन काठमाडौँ आएकी सन्नी यसपटक आफैँले डान्स गरेको चलचित्रको प्रचारका लागि आएकी हुन् । सन्नीले डान्स गरेको फिल्म पासवर्ड बेलायतमा सूटिङ गरिएको थियो ।
अन्नपूर्ण बाट साभार
क्याटेगोरी : मनाेरञ्जन, मोडल वाच, समाचार


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस