राजेश हमालको बच्चा यसकारण जन्मिएन ,के छ रहस्य हेर्नुहोस

३ सयको हाराहारि चलचित्रमा काम गरेका अभिनेता राजेश हमालको छुट्टै शान छ । इज्जत छ । कहिल्यै बिबादमा नफस्ने हमालका हरेकजसो विषय मिडियामा राम्रै मसाला बन्ने गरेका छन् । बिहे नहुँदा सम्म किन बिहे भएन भन्ने प्रश्नको सामना गरिरहेका हमाललाई आजभोली भने अर्को एउटा प्रश्नले तनावमा पार्ने गरेको छ ।
सकेसम्म मिडियासँग दुरी राखेर हिड्ने हमालले दिने प्रश्नको जवाफ शैली पनि अचम्मको छ । ३ वर्ष अघि बिराटनगरकी मधु भट्टराईसँग लामो समयको प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका ५५ बर्षिय हमालले बास्तवमा किन सन्तान जन्माउने सोचेका छैनन त रु हालै कान्तिपुरका रामजी ज्ञवालीसँगको कफि गफमा उनले यो प्रश्नको जवाफ दिएका छन् ।
हिजो तपाइहरुलेनै निरन्तर किने विहे भएन भने वाक्क पार्नुभयो, विहे गरियो अहिले फेरी अर्को प्रश्नले तनावमा पार्नुभयो, लामो हाँसोकाबिच हमालले भने, ‘बास्तवमा यो विषय मेरो श्रीमती मधु र मेरो नितान्त व्यक्तीगत निर्णय हो, सोहि कारण अहिले भ्रर्खरै बच्चा जन्माउने निर्णय नगरेका हौैं ।’ हमाल पत्नी मधुले कहिलेकाहि बच्चाको आशा त पक्कै राख्छिन् होला । अभिनेता हमाललाई पनि बा बन्ने इच्छा त मरेको छैन होला । तर, उनले सन्तान जन्माउने विषयमा अहिले भ्रर्खरै केहि पनि कल्पना नगरेको जवाफ दिएर पन्छिए । तर हमालले सवै दम्पत्तीले आफुले जस्तै वच्चा नजन्माएर बस्न नहुने तर्क राख्छन् । ‘मधु र मेरो विचार अनुसार अहिले भ्रर्खरै बा–आमा नबन्ने सोचेका हौं, मलाई लाग्छ मधुलाई सायद सन्तानको पिरलो छैन जस्तो लाग्छ’, हमालले भने ।
क्याटेगोरी : मनाेरञ्जन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस