कसरी उम्रियो ७४ वर्षिय बृद्धको टाउकोमा सिङ

७४ वर्षिय बृद्धको टाउको सिङ उम्रिएपछि

सिङ भएको मानिस १ सुन्दै अचम्म लाग्ने। तर भारतमा यस्तो मामिला सामुन्ने आएको छ। भारतको मध्य प्रदेश राज्यको सागर जिल्लामा एक जना ७४ वर्षीय वृद्धको टाउकोमा चार इन्च लामो सिङ उम्रेपछि यसले सबैलाई चकित बनाइदिएको छ। सागर जिल्लाको पटना बुजुर्ग गाउँ निवासी ७४ वर्षीय श्यामलाल यादवले पांच वर्षदेखि टाउकोमा उम्रेको सिङ लिएर घुम्दै थिए। उनले हालै मात्र एउटा शल्यक्रियाका मध्यमले उक्त सिङ झिक्न लगाएका छन्।

कसरी उम्रियो सिङ 

श्यामलालका अनुसार उनको टाउकोमा पांच वर्ष पहिले निकै गहिरो चोट लागेको थियो। उपचारपछि घाउ त ठीक भयो तर केही दिनपछि उनलाई त्यस ठाउँमा किलो जस्तो टुटुल्को आएको जस्तो लाग्यो। छुँदा केही खरो लाग्ने त्यो चीज बढ्दै गयो र पछि प्रष्ट देखिन थाल्यो। उनले पछि पछि त्यो सिङको लम्बाई ५ इन्च जति भएको बताए। उनले भने, ‘त्यसपछि भने त्यो बढेन।’

सिङ उम्रिएपछि श्यामलालले थुप्रै डाक्टरहरूलाई भेटे तर कसैले पनि यसको कारण के हो भनेर भन्न सकेनन्। उनलाई धेरैले देउता रिसाएर यस्तो भएको हुनसक्ने बताएपछि उनी झारफुकतिर पनि लागे। तर यसले उनलाई बिसेक गरेन।

उपचारको लागि यस्तो निकालियो उपाय

डाक्टरहरूले यसबारे अनभिज्ञता जनाएपछि र झारफुकले पनि फाइदा नभए पछि उनको परिवारका सदस्य निकै चिन्तित हुन थालेका थिए। उनी जति डाक्टरकहाँ जान्थे उनलाई देखेर अचम्म मान्थे। उनी भन्छन्, ‘यो दुख्न त दुख्दैनथ्यो तर देख्दा अर्कै लाग्थ्यो।’

श्यामलालले यसको एउटा उपाय निकाले। उनी जब जब कपाल कटाउन जान्थे, उनले नाउलाई सिङ पनि काट्न भन्थे। तर केही दिनपछि यो फेरी बढ्न थाल्थ्यो। धेरैले उनको खिल्ली उडाउँथे। कतिपयले त उनलाई अलच्छिन भन्थे भने कतिपयले उनी राक्षस भैसकेको भन्ने गर्थे। श्यामलाल भन्छन्, ‘मा दुःखी हुनु बाहेक केही गर्न सक्दैनथे।’

उनी जति डाक्टर कहाँ जान्थे उनको अवस्था देखेर डाक्टरहरूलाई नै अचम्म लाग्थ्यो। केहीले त उनको उपचार निकै महँगो हुने भनेर पनि बताए। त्यसपछि उनी सागरको भाग्योदय तीर्थ नाम गरेको अस्पतालमा भर्ना भए। त्यहाँका डाक्टरहरूलसए उनको जांच पश्चात शल्यक्रिया गराउनु पर्ने सल्लाह दिए।

चिकित्सकहरूका अनुसार यस किसिमको समस्या एक लाखमा एक जनालाई हुने गर्छ। यसलाई डेभिल्स हर्न अर्थात शैतानको सिङ भन्दा रहेछन्। उनीहरूका अनुसार यस रोगको बारेमा पर्याप्त जानकारी अझै प्राप्त छैन। डाक्टरहरूले सिटी स्क्यान गरे पछि सिङको जराहरू बढी गहिरो नभएको पत्ता लाग्यो। शल्यक्रियापछि टाउकोमा भित्री क्षति नहुने भएपछि उनको उपचार थालियो र एक घण्टा लामो शल्यक्रिया पछि उनको टाउकोबाट सिङ झिकियो।

के भन्छन् चिकित्सक 

डाक्टर गजभिए को टोलीले श्यामलालको टाउकोबाट सिङ झिकेर त्यस ठाउँमा प्लास्टिक सर्जरीको माध्यमले छाला प्रत्यारोपण गरेका छन्। यसलाई सेबेसियस हर्न भनिन्छ। टाउकोमा रौँ उमार्नको लागि सेबेसियस ग्रन्थी प्रकृतिक रूपले रहेको हुन्छ। यसले एक प्रकारको तरल उत्सर्जित गर्ने गर्छ जसले गर्दा कपालमा चमक देखिन्छ।

श्यामलालको टाउकोमा त्यो ग्रन्थि बन्द भएर तरल भित्रभित्रै जमेर सिङ आकारमा बाहिर आएको डाक्टर गजभिए ले बताए उनले आफूले यस मामिलालाई अध्ययन गरिरहेको र चाडैं यसबारे अन्तर्राष्ट्रिय जर्नलमा शोध आलेख प्रकाशित गर्ने बताए। । डाक्टर विशाल गजभिए यसलाई चिकित्सा विज्ञान क्षेत्रकै दुर्लभ घटना बताएका छन्।

उनका अनुसार पहिला त सिङवाला मामिला नै दुर्लभ हो त्यसमा पनि पाँच इन्चको सिङ भएको मामिला चिकित्सा विज्ञानको इतिहासमा आजसम्म सुनिएको छैन । उनले भने, ‘यसमाथि शोध आलेख तयार पारेर चिकित्सा विज्ञानको पाठ्यक्रममा राख्न सिफारिस गरिनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker