Techie IT

समसामयिक घटनामा आधारित गित”जात”सार्वजनिक


काठमाडौं । केहि दिन यता नेपालमा जातीयताका मुद्धा उठेका छन् । मानिस एउटा परिवर्तनलाई पछ्याउने प्राणी हो । छुवाछुत प्रथा अर्थात् जातीय विभेद एक सामाजिक कुप्रथा हो। यो हाम्रो राष्ट्रकै एक जटिल समस्याको रूपमा रहेको छ। यसको समाधानका लागि लामो समय देखि विभिन्न नीतिगत र संरचनात्मक प्रयासहरू हुँदै आएका छन् । तर कार्वान्वयन भने भएको छैन यो अर्को पिडादायी अवस्था हो । कतिपय व्यक्तिहरू केही सामाजिक चेतना स्तर उठेका, बुझेका भएतापनि मिश्रित सामाजबाट बहिष्कृत हुने डरले सुषुप्त अवस्थामै बस्न रुचाउँछन्। उनीहरू आफू र आफ्नो व्यवहारलाई परिवर्तन गर्ने आँट गर्न सक्दैनन्। जातीय विभेदका लागि यो सबैभन्दा ठुलो चुनौती हो । प्रविधि र शिक्षासंगै जातीय जातीयताले झन् विकराल अवस्था सृजना गरेको छ । तर म बदलिनु पर्छ ।

यसै सन्दर्भमा हामि सवै नेपालि एक हो र हामीले चेतना बदल्नु पर्छ अनेक जातजाति छैन संसारमा हामि एक महिला एक पुरुष मात्रै हुन्  जात भनेका जस्ता कुराको चित्रण गरेर बिगत लामो समय देखि नेपालि गित संगीत क्षेत्रमा निरन्तर अगाडि बढिरहेका सर्जक तथा गायक चिरन्जीवी सापकोटा,युवा पुस्ताका छोटो समयमा लोकप्रिय बन्न सफल गायक प्रताप दास र प्रविन भट्टको स्वरमा जनचेतना मुलक जातिय भेदभाब बिरुद्दको गित”जात”बजारमा सार्बजनिक गरेका छन । गीतमा ललित पौडेलको उत्कृष्ट शब्द सिर्जना रहेको छ भने हेमन्त ओम सुनारको संगित तथा एरेन्ज रहेको छ।


क्याटेगोरी : मनाेरञ्जन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस