Techie IT

काठमाडौँ,२४ असार,। तिज आउन महिना दिन रहदा पनि नेपाली सांगितिक आकाशमा तिज गितहरु सार्वजनिक हुने क्रम जारी छ। नेपाली नारीहरुको मौलिक पर्वको रुपमा रहेको हरितालिका तिजलाई मध्यनजर गदैँ तिजका भाकाहरुको प्रतिस्पर्धी बजारमा लोगायिका तथा संचारकर्मी अनिता चलाउने नयाँ तिज गित‘यस्तो बनोस मेरो तीज’गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिगत केहि वर्ष देखि नेपालि गीतसंगीतमा उत्तिकै सक्रिय छन् अनिता चलाउने । यसभन्दा अगाडी आएका गीतसंगीत पनि उत्तिकै चर्चित रहेका छन् । पोहोरसाल मात्रै बजारमा आएको गित’छ न त विदेशको पीआर छ’गीतले चलाउनेलाई निकै नै माथि पुर्याएको छ ।

बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीतको रहेको गीतमा अनिता चलाउनेको स्वर रहेको छ बहने साथमा गायिका समिक्षा अधिकारी र बेनिशा पौडेलको कोरस गायन रहेको छ । गम्भीर बिष्टले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित जुम्ल्याहा दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको साथमा‘बले’सागर लम्सालले अभिनय गरेका छन् । दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका प्रिज्मा र प्रिन्सीले तीजको गीतमा भने पहिलो पटक अभिनय गरेका हुन् ।

माइती र चेलीको प्रगाढ माया झल्किने र तिजको गित सभ्य हुनु पर्ने मा एक दुई महिना अघि देखि नै बिकृति सहित बजारमा सार्वजनिक भएका गीतलाई यो गीतले गतिलो झट्का हानेको छ । बास्तबिक तिज गित भन्ने हो भने संदेशमुलक र मौलिक तिज गित लाई प्राथमिकता दिने खालका गीतले दर्शक श्रोताको मन सजिलै जित्नेमा ढुक्क छ । यो म्युजिक भिडियो Anita Chalauneको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

 


क्याटेगोरी : मनाेरञ्जन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस