विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वरमा नक्कले भिनाजु ४ ‘भिनाजुको छडके ताल’सार्वजनिक

काठमाडौँ- संगीत क्षेत्रमा सङ्घर्ष गर्दै आएका रायमाझी परिवारको तीज गीत नक्क्ले भिनाजु १ र २ पछिको नक्कले  भिनाजु ३ ‘लर्के भिना’ सार्वजनिक गरिसकेका छन् । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज लाई लक्ष्यित गरी एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा नक्कले भिनाजु ४ ‘भिनाजुको छडके ताल’ कमेडी तीज गीत विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वरमा रहेको छ । बिसाल रायमाझीको शब्द र संगीत रहेको हो ।

कमेडी शैलीमा बनाइएको तीज गीत कमल सौरागले एरेन्ज गरेका छन् । राजकुमार मगरको निर्देशन र सम्पादन र छायांकन सागर गौतमले गरेका हुन । म्युजिक भिडियोमा एलिना रायमाझी अभिषेक श्रेष्ठ, हरिमाया रायमाझी,गौरव श्रेष्ठ,शंकर पुरी,बिनय गुरुङ,रामहरी पोखरेल,सृजन खनाल र साबि थापाको दमदार अभिनय रहेको छ । गाउँ घरमा परम्परा देखी साली भिना एक अर्कोसङ जिस्कने साली भिनाले दोहरी गाउने चलन थियो । यहि परिवेसमा बिगत वर्ष देखि तयार पार्दै आएका रायमाझी परिवार यो बर्ष पनि भिडियोमा साली भिनाको कमेडी दोहोरी यस पटक पनि ल्याएका छन् । शुभकामना सम्पूर्ण टिमलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker