निशान भट्टराईको बिहेको चौतर्फी चर्चा,सुटुक्क कानुनि विहे गर्नुको खास कारण यस्तो पो रहेछ

काठमाडौं( नेपाल आइडलको पहिलो सिजनमा दोस्रो भएका गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको विवाह भएको हो । नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन् । निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । निशानले प्रेमिका न्यौपानेसँग ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरीसकेका छन् । कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । साउन २७ गते आफ्नी प्रेमिकासंग कानुनी विवाह गरेका नेपाल आइडल सिजन वानका फस्ट रनरअप निशाना भट्टराईले विवाहको तस्विर शेयर गरेका छन् । लामो समय प्रेममा रहेका निशान ऋचाले मंगलवार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर जिल्ला अदालत पुगेर कानुनी विवाह गरेका थिए ।
विवाह बन्धनमा बाधिएको २ दिनपछि उनले सामाजिक संजाल फेसबुकमा आफ्नो विवाहको तस्विर शेयर गर्दै फ्यानहरुलाई धन्यवाद दिएर उनले कानुनी बिहे गर्नुको कारण खुलाएका छन् । उनले लेखेका छन् ‘हजुरहरु सबैजाना प्रती धेरै९धेरै अभारी छौँ। यति धेरै माया र आसिर्बाद हामीले पाएकोमा धेरै नै खुशी छौँ । यो अहिलेको जटिल समयका कारण हामीले कानुनी विवाह गर्ने निर्णयलाई उचित सम्झ्यौ र यसलाई सफल बनायौ । हजुरहरुको माया र आशीर्वाद यसरि नै सधैं कायम रहिरहोस‘।।’ निशानले पछिल्लो समय गाएको गीत के माया लाग्छ र अत्यन्तै चर्चामा रहेको छ ।
पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ । मिका ऋचा न्यौपानेले केहि समय अगाडिमात्र आफ्नो टिकटकमा गायक भट्टराईसँगको भिडियो अपलोड गरेकी थिइन् ।
क्याटेगोरी : मनाेरञ्जन, मुख्य समाचार, समाचार, समाज


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस