ठुलो दुर्घटनाबाट बाचे शिशिर भण्डारी,हेमन्त बने साहारा

ठमाडौं । विगत लामो समय देखि नेपाली गित संगीत क्षेत्रमा निरन्तर अगाडि बढिरहेका सर्जक तथा गायक हेमन्त कान्छा रसाइलीको माया पिरती वियोगान्त मार्मिक लोक गीत किन होला खै भाग २ “दुई दिन हसायौ” बजारमा सार्वजानिक भएको छ। उक्त गीतमा गायक हेमन्त कान्छा रसाइलीको स्वर रहेको छ भने राजकुमार बगरको शब्द सिर्जना साथै लय रहेको छ । गीतमा माया पिरतीका भाव बगाएका छन् भने बिछोड हुदा पछाडिको पिडा दर्साएका छन् । जसमा भाबुक हुदै रसाईली आफु प्रस्तुत भएका छन् ।

हेमन्तकान्छा रसाईलिकोको निर्देशन तथा परिकल्पनामा अनिल के मानन्धरले छायांकन गरेको म्युजिक भिडियो विकासले सम्पादन गरेका छन् भने म्युजिक भिडियोमा गायक स्वयम रसाईली र गीतमा पहिलो पटक डेब्यु शिशिर भण्डारी र उषा सुबेदीको अभिनय रहेको छ । नितान्त माया भावमा बनाएको म्युजिक भिडियोमा शशिर भण्डारी दुर्घटना पछी हेमन्त कान्छाले अस्पतालको बेडसम्म पुर्याएका छन् । शिशिर भण्डारीलाई घरबाट फोन आउछ त्यो फोनमा उनी पुरानो प्रेमिकाको फोटो सहित आउदा अल्लमल्ल पर्छन । यस्तै भाव चित्रण गरिएको म्युजिक परिकल्पना हेमन्त कान्छाले गरेका हुन् । वास्तविक कथामा आधारित छ ।
हेर्नुहोस भिडियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker