पर्दा पछाडी कि गायिका बिष्णु माझीको पर्दा अगाडिको लोकप्रियता

काठमाडौं -लामो समयको प्रखाई पछी लोकसंगितको दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायीका बिष्णु माझी र तेजस रेग्मीको स्वरमा यस वर्षको फेरि अर्को सुपरहिट दशैँ गित”जमरा नछरे”बोलको गीत S3K Entertainmentको अफिसियल युटुब सार्वजनिक भएको छ । हरेक वर्ष हरेक सिजनमा बिष्णु माझीको स्वरमा रहेका गीतको प्रखाई रहेका हुन्छन दर्शक स्रोता माझीका गित सुन्न आतुर भएकै बेला यो गित धेरै समय पछी आज सार्वजनिक भएको हो । बिष्णु माझी नेपाली लोक र दोहोरी क्षेत्रकी उज्वल नक्षत्र हुन् ।
उनका गीत सुन्नेहरुले पनि उनको ब्यक्तिगत जीवनको बारेमा जानकारी लिन खोज्छन तर कसैले भेउ पाएका भने छैनन् । गायिका बिष्णु माझीका हरेक गित लोकप्रिय छन् तर भेट्न र नजिकबाट हेर्न भने कसैले पाएका छैन । सांगीतिक क्षेत्रमा निकै नै छाएकी गायिका विष्णु माझि गुमनाम भएको दशकौ भईसकेको छ तर अझै मिडियामा आएकी पनि छैन । आम दर्शक श्रोता आत्तुर छन् ।
सतिश अधिकारीको शब्द सृजनामा रहेको गित लामो समयदेखि म्युजिक भिडियो देखि चलचित्र क्षेत्रमा ख्याति प्राप्त चर्चित निर्देशक तथा कोरियोग्राफर देबेन्द्र कुँवरको निर्देशनमा रहेको म्युजिक भिडियो प्रकाश खडकाले छायांकन गरेका हुन् राजेश कुमारले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा ख्याती प्राप्त मोडल सारिका केसी समुन्द्र पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।