अछाम बाढि बितण्डाबारे जनक साउँदको पापी कैलाश खोला सार्वजनीक

गायक जनक साउदको पापी कैलाशखोला बोलको गीत सार्वजनिक भएको छ ।

रामारोशन गाउँपालिका वडा नम्बर ५ मा रहेको सैनीबजारमा भदौ २ गते गएको बाढीको घटनासँग सम्बन्धीत गीत गायक साउँदले सार्वजनिक गर्नुभएको हो ।

आफ्नै शब्द सिर्जना तथा स्वरमा स्वरमा रहेको गीत मंगलबार साउदले आफ्नै जनक साउद नामक युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको छ। गायक हेमन्तकान्छा रसाइलीको लय संगीत र एरेन्ज रहेको भिडियो गीतको निर्देशन सुरेन्द्र संगमले गर्नुभएको हो । अमित विकको छायांकन, अनुप विकको सम्पादन रहेको म्युजिक भिडियोमा सुरेन्द्र संगम, सरस्वती वन र गायक साउँदको अभिनय रहेको छ ।

भदौ २ गते राती आएको बाढीले एकै परिवारका ७ जना सहित १७ जना बेपत्ता हुने गरी मानवीय क्षती पुगेको थियो । जसमध्ये ८ जनाको शव भेटिएको र ९ जना अझै बेपत्ता रहेका छन् भने लाखौ रकम बराबरको धनमाल क्षती भएको छ ।

बाढीले खेतबारी, पुलपुलेसा, विद्युत गृह, सडक लगायतमा क्षति गरेको थियो । गायक साउद रामारोशन क्षेत्रमै रहेर गीत संगीत क्षेत्रमा क्रियाशिल रहनुभएको छ । उहाँले यस अघि पनि अन्य गीत बजारमा ल्याइसक्नुभएको छ ।

कुसुम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ र मास्टरिङ रियाज रेकर्डिङ स्टुडियोका पुष्कर खत्रीले गर्नुभएको हो । श्री राम फिल्मसले दृश्य निर्माण गरेको गीत अछामको रामारोशन गाउँपालिकामा २०७७ भदौ २ गते गएको बाढी पहिरोबाट ज्यान गुमाउने १७ जनाको सम्झनामा तयार पारिएको हो ।

बाढी पहिरोमा ज्यान गुमाउने मध्ये ६ जना गायक साउदै परिवारका सदस्य रहेका छ । गीतको भावले प्रकृतिसंँग आक्रोश दर्साएको छ। गायक गीत मार्फत पनि बाढीमा ज्याउन गुमाउने १७ जनाको मृत आत्माको सान्तिको कामना गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker