भुन्टी केटी देखेपछि अछामी माग्ने बुढालाई के भयो (भिडियो सहित)

नेपाली गीत सङ्गीतको क्षेत्रमा एक पछि अर्को गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाई सकेका सर्जक गायक जनक साउदको देउडा ब्याटल भुन्टी केटी सार्वजनिक भएको छ ।

गायक साउँद स्वयमको शब्द सङ्गीत रहेको गीतमा जनक साउद र नव गायिका विमला साउद अनुस्काको स्वर रहेको छ ।

गायन क्षेत्र सँगै हास्यकला क्षेत्रमा पनि छुट्टै पहिचान बनाएका साउँदका यस अघिका गीतहरू पनि उत्तिकै चर्चित र लोकप्रिय छन् ।

चक्र साउद आर।सिको निर्देशन तथा परिकल्पनामा तयार भएको म्युजिक भिडियो छायाङ्कन अमित विकले गरेका छन् ।

सुशील डाँगीले सम्पादन गरेको म्युजिक भिडियोमा जनक साउद पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियोमा निरन्तर लागेकी सरस्वती बनको अभिनय रहेको छ ।

साथमा गायिका विमला साउद र अन्य कलाकारको भूमिका रहेको छ । गीत आधुनिक भएता पनि तर भिडियोमा गाउँले जनजीवन चित्रण गरिएको देख्न सकिन्छ ।

भिडियो :-

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker