रुचाइँदै लिजेन्डरीको फूलबुटे सारी

चर्चित गीत ‘फूलबुट्टे सारी’को लिजेन्डरी भर्जन सार्वजनिक भएको केही दिनमै राम्रो प्रतिक्रिया पाउन सफल भएको छ । युवापुस्ता माझ लोकप्रिय बनिसकेको यो गीतको लिजेन्डरी भर्जनमा दिग्गज गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर छ । गीत श्रीपञ्चमीको दिन सार्वजनिक गरिएको हो ।
भिडियोमा मदनकृष्ण र मिथिला शर्माको जोडी बाँधिएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यस गीतको फिमेल र बेबी भर्जनले पनि निकै लोकप्रियता कमाएको छ । पार्किन्सनका कारण उहाले गायन क्षेत्रबाट बिदा लिने निर्णय लिइसक्नु भएको थियो । तर गीत राम्रो भएकाले आफूले सकेसम्म गीत गाउने कोसिस गरेको बताउनु भएको छ ।
उहाँले भन्नुभएको छ, ‘आफूले सकुन्जेलसम्म गाउन छाड्नु हुन्छ । अन्य गीतमा कोसिस गर्नेछु । अफर आएमा गीत हेरेर गाउनेछुनत्र आफैंले बनाएर पनि गाउने तयारीमा छु ।’ यो गीतको भिडियोलाई युट्युबमा सार्वजनिक भएको दुई दिनमै ११ लाखभन्दा बढी पटक हेरिएको छ । अन्य भर्जनलाई भने अहिलेसम्म करोडभन्दा बढीपटक हेरिसकिएको छ ।
क्याटेगोरी : मनाेरञ्जन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस