Techie IT

देउडा खेल्दै अछामी होली मनाइयो(रिपोर्ट सहित )


अछाममा देउडा खेल्दै अछामी होली मनाइएको छ ।

फागुपूर्णिमाका दिन अर्थात आज समापन हुने अछामी होली शिवरात्रीको दिनदेखि सुरु हुने गर्छ ।

साँफेबगरमा रहेको वैद्यनाथ धामबाट होरी खेल्ने अनुमति मागेपछि औपचारिक रुपमा सुरु भएको होली आज समापन भएको हो ।

हरेक साँझ सेतो कुर्ता र जामामा सजिएका मानिसको गोलबद्ध समूहले देउडाको लयमा मथुरा, काली कुमाउनी र गढवाली लवजका ‘होली’ गीत गाउने चलन छ  ।

देशैभर रंग दलेर होली खेलिने भए पनि अछाममा भने सामूहिक भेला भइ एक आपसमा रंग दल्दै देउडा खेल्ने गरिन्छ ।

किम्बदन्ती अनुसार वैद्यनाथबाट अनुमति नलिएर होली खेल्न नमिल्ने स्थानीय प्रेमसिंह खत्रीले बताउनुभयो ।


क्याटेगोरी : मनाेरञ्जन, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस