Techie IT

मनोज रावल द्धारा लिखित हेर मलाई म रोएँ कविता संग्रह विमोचन कार्यक्रम सम्पन्न


अछाम जिल्ला पन्चदेवल विनायक नगरपालिका वडा नम्बर तोलीमा आमा तारा देवी रावल र बुबा केशर रावलबाट जन्मनुभएका मनोज रावलले नेपाली कविता संग्रह हेर मलाई म रोएँ प्रकासन गर्नु भएको छ।

साथै उक्त कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षकहरु र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।रावलद्धारा लिखित कविता संग्रह हेर मलाई म रोएँ मा सत्ताईवटा कविताहरु रहेका छन्।

उक्त कविता संग्रहमा रहेका कविताहरु राजनितिक सामाजिक, देशभक्ति, वातावरण संरक्षण र व्यग्यत्मक शैलीमा लेखिएका छन्। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीमा जन्मनु भएका रावलले हेर मलाई म रोएँ गद्य कविता संग्रह प्रकाशित गर्नु भएको हो।

पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ट स्थित श्री धनवन्तरी माध्यमिक विद्यालयबाट SEE पास ,टिकापुर नगरपालिका स्थित वीरेन्द्र विद्या मन्दिर माबिबाट +२ पास र साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित जनकल्याण माध्यामिक विद्यालयमा शिभिल ईञ्जिनियर अध्ययनरत रावल सानै उमेर देखि साहित्य तथा कविता लेखनमा रुचि राख्दै आउनु भएको थियो।

रावलले भने मेरो सानै उमेर देखिको कविता लेखन र संग्रह प्रकाशन गर्ने रुचि थियो, त्यो पूरा गरीयो। उहाँले आफ्ना हजुरबुवा सम्पति रावलको आशिर्वाद बाट साहित्य क्षेत्रमा पाइला टेक्नु भएको बताउनुहुन्छ।

उहाँले भन्नु भयो आउँदा दिनमा पनि म कला साहित्यलाई निरन्तरता दिई रहने छु। यस्तै उहाँले हेर मलाई म रोएँ गद्य कविता प्रकाशन गर्न सहयोग गर्ने सबै प्रति र कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी साथीहरु र शिक्षकहरुलाई आभार प्रकट गर्दै धन्यवाद समेत दिनु भएको छ।

जनकल्याण मावि साफेमा हेर मलाई म रोएँ कविता संग्रह विमोचन कार्यक्रम सम्पन्न भएको छ। जनकल्याण माविका प्रधानाध्यापक भिम बहादुर बुढाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन प्राविधिक धारका शिक्षक रेमन्त सुनारले सञ्चालन गर्नुभएको हो।


क्याटेगोरी : मनाेरञ्जन, समाचार

बि.क बान्नीगढी टुडेको संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!