गर्मीयाममा खाना पचाउने सरल तरिका

शरीरको निर्माण नै समूचित श्रम गर्नका लागि हो । तर, हामी न व्यायाम गर्छौ, न शारीरिक श्रम । जबकी खानेकुरामा चाहि लोभी छौ । स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको लागि खान्छौ । यसको सोझो असर हाम्रो पाचन यन्त्रमा पर्छ । त्यही कारण त हामीलाई पेटको रोगले सताएको छ ।
जबमी हामीले खाएको खानेकुरा सुपाच्य हुनुपर्छ । सजिलै पचाउन सकिने । यस्तो खानेकुराले पाचन यन्त्रलाई चुस्त र बलियो बनाउँछ । शरीरलाई पोषण प्रदान गर्छ ।
कसरी भोजन सुपाच्य बनाउने
उत्तम भोजन चयन गरौ । भोजन गर्ने समय र नियम बनाऔ । भोजन यस्तो गरौ, जो आफ्नो शरीरका लागि होस् । साथै समयमै पच्न सकोस् । पेट मात्र भर्नका लागि केहीपनि मुखबाट प्रवेश नगराऔ । शरीर कुनै डस्बिन होइन ।
राम्ररी खाना चपाउनुहोस्
हामीमध्ये धेरैले खाना हतार(हतारमै खाने गर्छौ । खानालाई राम्ररी चपाउने गर्दैनौ । यदि दाँतले राम्ररी चपाएर खाने हो भने आन्द्राले धेरै मेहनत गर्नुपर्दैन । अर्थात आन्द्रालाई खाना पचाउन सजिलो हुन्छ । हिन्दु शास्त्र, आयुर्वेद र योगमा लेखिएको छ कि एक गाँस खानालाई कम्तीमा ३२ पटक चपाउनुपर्छ । दाँत ३२ वटा हुन्छ । हामीले एक गाँस खाना पनि कम्तीमा ३२ पटक चपाउनुपर्छ । यसरी खाना चपाएपछि त्यो पाचन रससँग राम्ररी घुल्छ । हिन्दु शास्त्र अनुसार खाना खाने विधी पनि छ । पहिला गुलियो, त्यसपछि नुनिलो अन्त्यमा टर्रो ।
उचित मात्रामा पानी पिउने
भोजनको एक घण्टाअघि पानी पिउनुपर्छ । फेरी खाना खाएको एक घण्टापछि पानी पिउनुपर्छ । यसबीचमा पानी पिउनु हुँदैन । अर्थात खाना तुरुन्तै पानी पिउनु हुँदैन । पानीले भोजनलाई पचाउन सहयोग गर्छ । तर, पानीको मात्रा धेरै भयो भने भोजन सड्छ । त्यसैले उचित मात्रामा, उचित समयमा पानी पिउनुपर्छ । उचित अर्थात सम्यक ।
पानीको काम भोजन पचाउनु हो । यदि तपाईंले कम पानी पिउनुभयो भने उचित भएन । धेरै पानी पिउनुभयो भने पनि उचित भएन । तपाईंलाई जब प्यास लाग्छ, तब पानी पिउनुहोस् । त्यती नै पिउनुहोस्, जति प्यास लागेको छ ।
प्राणयाम गरौ एवं उचित ढंगले श्वास लिने गरौं
जसरी पानीले भोजन पचाउने र तौल घटाउने काम गर्छ । त्यसैगरी वायुको काम भोजनलाई पचाएर बाहिर निकाल्ने हो । यदि तपाईं उचित ढंगले श्वास लिने र छाड्ने क्रिया गर्नुहुन्छ भने भोजन पचाउन सहज हुन्छ । यसका लागि प्राणायाम पनि उचित विधी हो । अनुलोम विलोम गर्दा पनि भोजन राम्ररी पच्छ ।
आफुले श्वास फेरिरहँदा त्यसमा ध्यान केन्द्रित गरौं । श्वास प्रश्वास क्रिया उचित छ कि छैन भनेर ध्यान राखौं । कहिले काही क्रोध, चिन्ता वा खराब बिचारले पनि हाम्रो श्वासको गति बद्लिन्छ । यसले पाचन क्रियामा समस्या ल्याउँछ । onlinekhabar
क्याटेगोरी : स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस