महिलामा हुने स्तन र पाठेघर क्यान्सर हुन नदिन यती कुरामा ध्यान दिनुहोस

क्यान्सर, सामान्य भाषामा भन्दा शरीरका कुनै भागका कोषिकाहरु अनियन्त्रित र असामान्य रुपमा बढ्दै जानु हो, जसका कारण सामान्य कोषहरुका काममा बाधा पर्न जान्छ। त्यसले कालान्तरमा शरीरभरि यस्ता असामान्य क्यान्सरका कोषहरु छरिई धेरै अंगहरुको कार्यसम्पादनमा बाधा पुग्न गई मृत्युको मुखसम्म पुर्या उँछ।

क्यान्सर आज सम्पूर्ण मानव जीवनका लागि एक प्रमुख स्वास्थ्य चुनौती बनेको छ। यस चुनौतीलाई चिर्दै चिकित्सा विज्ञानले केही त्यस्ता पद्धति व्यवहारमा ल्याइसकेको छ, जसबाट क्यान्सरसँगको लडाइँमा धेरैले जित हासिल गरिसकेका छन्। आज महिलामा हुने प्रमुख दुई क्यान्सर र क्यान्सर रिलिफ सोसाइटीर विश्व स्वास्थ्य संगठन लगायतद्वारा जारी रोकथामका उपायका बारेमा प्रकाश पार्दैछु।

इन्टरनेसनल एजेन्सी फर क्यान्सर रिसर्च ९आइएआरसी० द्वारा २०१८ को अन्त्यमा जारी आँकडा अनुसार स्तन क्यान्सर संसारभरिका महिलामा सबभन्दा बढी अर्थात् सम्पूर्ण क्यान्सरपीडितमध्ये २५।४ प्रतिशत स्तन क्यान्सर पीडित रहेको पाइएको छ। अन्य तीन प्रमुख क्यान्सरमा कोलोरेक्टल ९ठूलो आन्द्रा० र फोक्सो क्यान्सर र पाठेघरको मुखको क्यान्सर रहेका छन्।

उक्त तथ्यांक अनुसार महिला शरीरका अन्य भागको क्यान्सरको तुलनामा यी तीन क्यान्सरले पीडित महिलाको संख्यामध्ये लगभग ५० प्रतिशत संख्या ओगटेका छन्। चौंथो र हाम्रो क्षेत्रमा महत्व राख्ने विषय बन्न आउँछ, पाठेघरको मुखको क्यान्सर अथवा सर्भाइकल क्यान्सर। यस्तै महिलामा देखिने अन्य क्यान्सरमा पाठेघर, डिम्बासय, थाइरोइड, पेट, कलेजो, प्यान्क्रियाज, किड्नी, छाला, भेजाइना, र्या लग्रन्थी, घाँटी, मुख आदिको क्यान्सर र लिम्फोमा, ल्युकेमिया लगायत पर्छन्।

तर विश्वभरिको तथ्यांक र हाम्रो जस्तो विकासोन्मुख मुलुकमा गरिएका खोज अनुसन्धानमा आधारित तथ्यांकमा धेरै फरक छ। यसको जोखिमबाट बच्नका लागि यो भिन्नताका कारणबारे बुझ्न अत्यन्त जरुरी छ। क्यान्सर रिलिफ सोसाइटी नेपाल, नेपाल ओन्कोलोजिकल सोसाइटी लगायतद्वारा २०१७ मा जारी तथ्यांक अनुसार नेपाली महिलामा देखिएका प्रमुख क्यान्सरहरुमा
पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या १९।१ प्रतिशत, स्तन क्यान्सर १६।३ प्रतिशत, फोक्सो तथा स्वासप्रश्वाससम्बन्धी क्यान्सर १०।२ प्रतिशत, डिम्बासय ६।१ प्रतिशत र पेटको क्यान्सर ३।८ प्रतिशत रहेका छन्।

विश्वभरिको तथ्यांकअनुसार चौंथो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर नेपाली महिलामा चाहिँ प्रथम स्थानमा कसरी देखियो तरु

पाठेघरको मुखको क्यान्सर
विकसित विश्वमा घट्दो दरमा रहेको यो रोगको कारक तत्व ह्युमन प्यपिलोमा भाइरस नामक जिवाणु हो। विकासोन्मुख विश्वका महिलामा यो संक्रमण हुनु र यस क्यान्सरको जोखिम बढ्नुका कारणहरु हुन्, कम उमेरमा विवाह, कम उमेरमै गर्भाधान, धेरै पटकको गर्भाधान, कमजोर आर्थिकरसामाजिक अवस्था, एकभन्दा बढी पुरुषसँगको यौन सम्पर्क अथवा यस्ताखाले यौन जीवन भएका पतिसँगको सम्पर्क, कमजोर रोग प्रतिरोधात्मक क्षमता, लामो समयसम्म गर्भनिरोधक चक्की सेवन, धूमपान आदि हुन्। साथै यस क्यान्सर विरुद्धको भ्याक्सिनलाई कडाइका साथ लागू गर्न नसक्नुलाई पनि हाम्रो क्षेत्रमा यसका पीडितको संख्या बढ्दै जानुको कारण रहेको छ।

प्राथमिक चरणमा कुनै लक्षण नदेखिने भए तापनि कालान्तरमा दुखाइरहित रगत बग्ने, सेतो पानी बग्ने, कम्मर दुख्ने लगायत समस्या देखा पर्नुका साथै एडभान्स स्टेज क्यान्सरमा अन्य अंगहरुमा फैलिने र अनेक अंग सम्बद्ध लक्षणहरु देखा पर्दछन्। यसको रोकथामका लागि जनचेतना नै मुख्य उपायका रुपमा अघि सारिएको छ, जसमा माथि उल्लिखित जोखिमका कारणहरुको रोकथाम गर्दै जोखिम न्यूनीकरण गर्नु नै हो।

विश्व स्वास्थ्य संगठनद्वारा जारी निर्देशिका बमोजिम ९(१३ वर्षे बालिकालाई निशुल्क एचपिभी भ्याक्सिन दिइने प्रावधान अनुसार स्कुले छात्राहरुलाई निशुल्क भ्याक्सिन लागू गरिसकिएको छ तर पनि उचित चेतना अभावमा प्रभावकारी हुन नसकिरहेको अग्रणी विशेषज्ञहरूको राय छ। विकसित मुलुकहरु सर्भाइकल क्यान्सर निर्मूल गर्नेतर्फ तल्लिन छन् र हालका दिनमा पुरुष बालकहरुलाई पनि यो भ्याक्सिन दिने प्रावधान ल्याइसकेका छन् भने हामी धेरै पछाडि रुमल्लिइरहेका छौँ।

यी त भए रोकथामका उपाय। समयमै रोग पहिचानका लागि अवलम्बन गरिने तरिकामध्ये एक रहेको छ, प्याप स्मेअर स्क्रिनिङ टेस्ट। अमेरिकन क्यान्सर सोसाइटीद्वारा जारी सर्भाइकल क्यान्सर रोकथाम निर्देशिका बमोजिमका गाइडलाइन्स निम्न छन्स्
१० २१ वर्षदेखि २९ वर्ष उमेर समूहका महिलाले प्रत्येक ३ वर्षमा प्याप स्मियर टेस्ट गराउने
२० ३० वर्ष नाघेपछि ६५ वर्षसम्म प्याप टेस्टसँगै एचपिभी टेस्ट प्रत्येक ५ वर्षमा गराउने
३० जसमा यस क्यान्सरको जोखिम बढी देखिन्छ, उहाँहरुले आफ्नो विशेषज्ञका राय बमोजिम फलो(अप गराइरहने र अन्य जाँचहरु गराउने
४० ६५ वर्ष उमेरपछि आफ्नो पछिल्लो १० वर्षमा नियमित जाँचमा रही कुनै असामान्यता नदेखिएको अवस्थामा स्क्रिनिङ टेस्ट गरिरहनु पर्दैन

यसरी स्क्रिनिङ, एचपिभी टेस्ट लगायतको रिजल्ट असामान्य देखिएको साथै सम्बन्धित लक्षणहरु देखिएको अवस्थामा बिस्तृत शारीरिक जाँच साथै अन्य जाँचहरु जस्तै भिआइए, कल्पोस्कोपी, सर्भिकोग्राफी, क्युरेटेज(बायोप्सी, हिस्टेरोस्कोपी र अन्य भागहरुमा फैलिएको शंका भएमा अन्य अंगको जाँचहरु गरिन्छ।

स्तन क्यान्सर
संसारभरमा स्तन क्यान्सरलाई महिलाले लगभग क्यान्सरको पर्यायवाचीका रुपमा लिने गरेका छन्। स्तन क्यान्सरका प्रारम्भिक लक्षणहरुमा स्तन र काखीमा नियमित दुखाइ हुनुरगाँठाहरु देखा पर्नु, स्तनको छालामा परिवर्तन देखिनु, निप्पलको आकार परिवर्तन हुँदै जानु आदि पर्दछन्।

स्तनमा रहने दुग्ध ग्रन्थी, डक्ट ९स्तनको मुन्टासम्म दुध ल्याउने ट्य्ब्स०, अन्य तन्तुहरु, बोसो लगायतबाट सुरु हुने यस क्यान्सरको यकिन कारण पत्ता नलागे पनि के कारणले र कस्ता अवस्थामा हुनसक्ने जोखिम बढी रहन्छ, भन्ने कुराहरु विभिन्न अनुसन्धानले पुष्टि गरेका छन्।

स्तन क्यान्सरको जोखिम बढ्नुका कारणहरु निम्न छनस्१० बढ्दो उमेर, २० क्यान्सरको पारिवारिक पृष्ठभूमि बिआरसिए१रबिआरसिए२ जिन, यी एक पुस्तादेखि अर्कोमा वंशाणुगत किसिमले सर्छन् र यी जिन हुने महिलामा स्तन क्यान्सरको जोखिम अत्यन्तै बढी रहन्छ। ३०बाक्लो स्तन, ४० कम उमेरमा महिनावारी सुरु हुनु र बढी उमेरसम्म महिनावारी नसुक्नु, बच्चालाई दूध नचुसाउनु वा एक वर्षभन्दा कम समयमात्र दूध चुसाउनु, ५० अनियन्त्रित शारीरिक वजन, ६० मध्यपान, जाँड(रक्सी सेवन, ७० विकिरणको प्रभाव, ८० हर्मोनजनित उपचार, गर्भनिरोधक चक्कीको लामो समयसम्म सेवन आदि पर्दछन्।

यस्ता आफ्नो बसमा रहने जोखिमपूर्ण बानीहरुबाट आफूलाई टाढै राख्नु, नियमित व्यायाम गर्नु र शारीरिक तन्दुरुस्तता कायम राख्न सक्नुले धेरै नै जोखिम न्यूनीकरण गर्छ। यसका साथै बढ्दो उमेरसँगै विशेषज्ञहरुसँगको राय सल्लाह बमोजिम उचित जाँचहरु गर्नाले आफूमा हुनसक्ने क्यान्सरको जोखिम न्यूनीकरण हुनुका साथै समयमै रोग पहिचान भई पूर्ण उपचार पश्चात् स्वास्थ रहन सकिन्छ। जोखिम पहिचान पश्चात् वंशाणुगत आधारमा अत्यन्तै जोखिममा रहेका महिलाको रोग देखिनु अगाडि नै शल्यक्रिया गर्ने चलन विकसित मुलुकमा पाइन्छ। विश्व स्वास्थ्य संगठनद्वारा जारी निर्देशिका अनुसार यस क्यान्सरका रोकथामका उपाय निम्न छन्स्

१० स्तन क्यान्सरका प्रारम्भिक लक्षणहरुका बारेमा जनचेतना बढाउनु र सकेसम्म छिटो रोगको पहिचानका लागि स्वास्थ्य संस्थामा सम्पर्क गर्नु
२० स्क्रिनिङ टेस्टस् यसमध्ये स्तनको चिकित्सकीय जाँच र मेमोग्राफी पर्छन्। मेमोग्राफी स्तन क्यान्सरको एक मात्र प्रमाणित उपयोगी स्क्रिनिङ टेस्ट हो। हामीकहाँ बढ्दो होल बडी चेकअपको ट्रेन्डसँगै यस्ता स्क्रिनिङ टेस्टहरुको बारेमा जनचेतना फैलाउनु आजको आवश्यकता बनेको छ।
३० अन्य जाँचहरुस् अल्ट्रासाउन्डरएमआरआइईरटोमोसिन्थेसिसरबायोप्सी आदि।
जाँचहरुमार्फत क्यान्सरको पहिचान पश्चात् यसको प्रकार, स्टेजिङ, हर्मोन सेन्सिटिभिटी, उमेर आदिका आधारमा चिकित्सा पद्धति अपनाइन्छ, जसमा शल्यचिकित्सा, रेडियोरकेमोथेरापी, हर्मोनथेरापी पर्छन्।

अन्त्यमा
हामीकहाँ सुन्नमा आउने क्यान्सरबाट हुने मृत्युका कारण लगभग सतप्रतिशत नै ढिला रोग पहिचान हुनु हो। यसको रोकथामका उपायका बारेमा जनचेतना, जोखिम न्यूनीकरणका लागि दैनिक जीवनमा हेरफेर जस्तै खानपानरशारीरिक व्यायाम र निर्देशिका बमोजिमका नियमित जाँच नै हुन्। जति छिटो रोगको पहिचान हुन्छ, त्यति नै छिटो यस्ता रोगबाट मुक्त भई स्वस्थ रहन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker