यस्तो आलु खाँदा ख्याल गर्नुस्, विष खाए बराबर हुन्छ

आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।
विश्वभर नै आलुको बढी प्रयोग हुने गरेको छ । अझ नेपाल र भारत लगायतको देशमा त यसको उत्पादन तथा उपभोग बढी हुने गरेको छ । आलूलाई भण्डारण गरेर राख्ने गरिएको छ र यसलाई आवश्यकता अनुसार प्रयोग गर्ने गरिएको छ । तर यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पु(याउँदैन । यस्ता केही आलु छन् जसालई प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ ।
चाहुरि परेको आलु
लोमो समय राखेको आलुमा रहेको पानीको मात्र नष्ट भएसँगै आलु चाहुरिन पुग्छ । जसलाई विउको रुपमा प्रयोग गर्ने गरिन्छ । आलुलाई धेरै समय राखेरपछि त्यो चाहुरिन्छ, त्यसको टुसा उर्मन थाल्छ । यसैलाई बिऊको रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो आलु सेवन गर्दा हानी पुग्छ । यस्तो चाउरी परेको आलुको सेवन गर्दा शरीरमा वि’षाक्त पदार्थ प्रवेश गर्छ ।
हरियो रंग
बजारमा खरिद गरेको बेला होस् वा सब्जी बनाउने बेला, बोक्रामा हरियो हुँदै गएको आलु सेवन नगरौं । लामो समय राख्दा पनि आलु हरियो हुँदै जान्छ । यस्तो आलुको हरियो भाग काटेर प्रयोग गर्नुपर्छ । आलुको हरियो भागमा सेलेनाइन वि’षाक्त पदार्थ हुन्छ ।
टुसा आएको आलु
आलुलाई लामो समयसम्म भण्डारण गरेपछि त्यसमा टुसा अंकुराउन थाल्छ । अक्सर यस्तो आलु रोप्नका लागि उपयोगी हुन्छ । तर, हामी टुसा अंकुराएको आलु सेवन गर्छौ, जो स्वस्थ्यकर मानिदैन ।
यसो गर्दा पुग्छ फाइदा
आलु स्वादिलो र बहुउपयोगी परिकार मात्र होइन, स्वस्थ्यवर्द्धक पनि हुन्छ । आलुमा भिटामिन सि, बि कम्पलेू्रक्स तथा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस तत्व हुन्छ । यदि आलुलाई उसिनेर बोक्रासँग सेवन गर्दा यसमा रहेको पोषक तत्व नष्ट हुँदैन ।
र यो पनि
यसकारण महिलाहरुले आलु कम खानु पर्दछ नत्र हुन्छ यस्तो असर
केही समय अघि गरिएको एक अनुसन्धानबाट जो महिलाहरु धेरै आलु खाने गर्छन ती महिलाहरुमा गर्भावस्थाको समयमा मधुमेह हुने धेरै सम्भावना रहन्छ । अनुसन्धानकर्ताहरुले उक्त कुरा पत्ता लागेको हो ।
आलुको स्थानमा अन्य तरकारीहरु खान सुझाव दिएका छन् । गर्भावस्थामा हुनसक्ने स्वास्थ्य समस्या मध्ये मधुमेह पनि एक प्रमुख समस्या हो । गर्भावस्थामा गर्भवती महिलाको रगतमा चिनीको मात्रा बढ्न गएमा भविश्यमा आमा र बच्चा दुवैमा समस्या हुन सक्दछ ।
यूएस नेशनल इन्ष्टिच्यूट अफ हेल्थ र हार्वर्ड विश्वविद्यालयका शोधकर्ताहरुले १९९१ देखि २००१ सम्ममा १५००० महिलामा अध्ययन गरेको थियो । जसमा गर्भावस्थामा मधुमेह देखिएका महिलाहरुमा गर्भावस्था अघि मधुमेह देखिएको थिएन । यो अध्ययनको बारेमा ब्रिटिश मेडिकल जर्नल ९विएमजे० मा प्रकाशित गरिएको थियो ।