सरकारले नर्सिङ क्षेत्रको ब्याबस्थापन गर्न नसकेको जिल्ला अस्पताल अछामका नर्सिङ ईन्चार्ज बुढामगरको भनाइ

बुधबार देशभर ५६ औं नर्सिङ दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ ।
नर्सहरुको पेशागत हकहित र सुरक्षाका लागि भन्दै वि.सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । नर्सिङ संघको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । नेपालमा नर्सिङ्ग पेशा व्यावसायिक बन्न सकिरहेको छैन साथै नर्सहरु न्युन बेतन तलबमा काम गरिरहेका छन् ।
नेपालमा वर्षेनी हजारौंको संख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन । उत्पादन भएका नर्सहरुको व्यवस्थापन हुन नसक्दा नर्सहरु भोलेन्टियरका रुपमा काम गर्न बाध्य रहेका छन् । जसले गर्दा उनीहरुको पेशागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन । यसैबिच जिल्ला अस्पताल अछामका नर्सिङ ईन्चार्ज गंगा बुढामगरले सरकारले नर्सिङ क्षेत्रको ब्याबस्थापन गर्न नसकेको बताउनुभएको छ ।
रेडियो बान्निगढीसंगको संक्षिप्त कुराकानिको क्रममा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । काम अरु स्वास्थ्य कर्मीको भन्दा बढी गर्नुपर्ने तर सेवासुबिधामा भने अरुको भन्दा कममै चित्त बुझाउनुपर्ने बुढामगरले बताउनुभयो ।
यसैबिच आज हामीले राष्टीय नर्सिङ दिवशको अवसर पारी जिल्ला अस्पताल अछामका नर्सिङ ईन्चार्ज गंगा बुढामगरसंग नर्सिङ क्षेत्रका काम कारबाही तथा चुनौतिका बिषयमा कुराकानिगरेका छौँ । कुराकानि गंगा बुढा मगर ……
क्याटेगोरी : स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस