Techie IT

पञ्चदेवल विनायक नगरपालिकाद्वारा क्वारेन्टाईन स्थापना


पन्चदेवल विनायक नगरपालिकाले तत्कालको लागी विरामी बडेमा पछि थप्ने गरि तत्कालका लागि ७ शैयाको क्वारेन्टाईन स्थापना गरेको छ ।

पन्चदेवल विनायक नगरपालिका ३ मा रहेको पन्चदेवल क्याम्पसमा सात शैयाको क्वारेन्टाईन स्थापना गरिएको हो।

पन्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी,वडा नम्बर ३ का वडाध्यक्ष सुरेन्द्र कुमार शाही,पन्चदेवल विनायक नगरपालिका रोजगार सँयोजक भरतराज अधिकारी,स्वास्थ्य शाखा सँयोजक लक्ष्मिकान्त बजगाँई,सुरक्षाकर्मी,पत्रकार लगायतको सहयोगमा क्वारेन्टाईन स्थापना गरिएको हाे ।

कुनै व्यक्तिमा अन्य मुलु्कबाट आएको भेटिएमा क्वारेन्टाईन र कोरोना भएको व्यक्ति संक्रमण तथा जोखिम भए तत्काल आईसोलेसनमा राखिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माझीले बताउनुभएको छ ।

सँक्रमित व्यक्ति बढेपछि थप्न सकिने गरी हाललाई नगरपालिकाले पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा रहेको विनायक स्वास्थ्य चौकी र वडा नम्बर ४ कालिकास्थानमा रहेको कुच्चि स्वास्थ्य चौकीमा ७ शैयाको आईसोलेसनको समेत व्यवस्था गरेको छ ।


क्याटेगोरी : स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस