भत्काएर भत्किएनन् छाउगोठ,मन भत्काउनु पर्छ

सुर्खेत-दैलेख स् महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार महिनाको घटना हो। आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो। सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्युभयो। उनी पनि महिनावारी भएपछि घरदेखि टाढा रहेको छाउगोठमा सुतेकी थिइन्। आफन्त र परिवारको दबावमा छाउगोठमा सुतेकी उनले पनि आफ्ना ज्यान जोगाउन सकिनन्। अनर्थ हुने र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण महिनावारीको समयमा घरभित्र बस्न नदिदा उनको प्राण गुम्यो। असुरक्षित छाउगोठमा किशोरी र महिलाको ज्या न जाँदासमेत जिल्लामा छाउगोठमा बस्ने र बसाल्नेक्रम रोकिएको छैन।

इन्सेकका अनुसार पछिल्लो २५ बर्षयता दैलेखमा १३ जना महिला तथा किशोरीहरुले छाउगोठमै ज्यान गुमाएका छन्। दैलेखमा मात्र होइन, कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी बार्ने प्रचलन कायमै छ। महिनावारी बार्ने नाममा महिला तथा किशोरीहरुलाई अहिले पनि तिनै मान्छे नै निल्ने अर्थात ज्यानमारा छाउगोठमा राख्ने गरिन्छ। जसकोकारण महिला तथा किशोरीहरुले अकालमै ज्यान गुमाउने गरेका छन्। केहीवर्ष अघि सुर्खेतको गुटुमा स्थानीय निर्मला बर्तौलाको छाउगोठमै ज्यान गयो। महिनावारी भएपछि घरदेखि टाढा रहेको छाप्रोमा सुतेकी उनको मध्यरातको चिसोले कठ्याङग्रीएर ज्यान गएको थियो।

माथि उल्लेखित घट नाहरु पछिल्लो समय कर्णालीमा छाउगोठमै ज्या न गुमाएका प्रतिनिधिमुलक घटना हुन्। अधिकांश घट नाको तथ्याकं नराखिएको र गाउँमै लुकाइने भएकाले पनि अधिकांश यस्ता घट नाहरु बाहिर नआउने गरेको महिला अधिकारकर्मीहरु बताउँछन्। केही समय अघिमात्र सुर्खेतको बराहताल गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बला त्कार भयो। पीडित किशोरी पनि घरदेखि टाढा रहेको छोगोठमा सुतेकी थिइन्। छाउगोठमा सुतकै कारण ज्यान गुमाउने, बला त्कृत हुने, चिसोले कठ्याङग्रीने, जंगली जनावरको आक्रमणमा पर्ने र स र्पले डस्ने लगायतका समस्याबाट यहाँका महिला तथा किशोरीहरु पीडित भइरहेका छन्। जो छाउगोठमै जलिन दैलेखको दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटकी ४६ बर्षिया बिक केहीदिन अघि छाउगोठमै जलिन्। उनी असार ८ गते छाउगोठमै सुतेकाबेला आगोमा जलेकी हुन्। आगोमा जलेको लामो समयपछि मात्रै उक्त घ टना सार्वजनिक भएको हो। महिनावारी हुँदा घरदेखि टाढा रहेको गोठमा बसेकी बसन्तीले किरा भगाउन बालेको आगो उनकै शरिरमा सल्किएको हो।

पानी परिरहेका कारण गोठभित्र किराहरु आउन थालेपछि भगाउनलाई बालेका आगोले बसन्तीलाई पोलेको हो। गोठमा जलेको २५ दिनपछि मात्र उनलाई अस्पतालमा भर्ना गरिएको हो। हाल उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। छाउगोठमै जलेकी बसन्तीले भनिन्, ‘भोलीपल्ट होस आएपछि मात्र आफ्नो शरिर जलेको थाहा पाएँ।’ आगाले जलेपछि बसन्ती तत्कालै अस्पताल जान सकिनन्। आफन्तले उल्टै गाउँमै धामीझाँक्री बोलाएर झारफुक र जडिबुटी गर्नमै समय विताए। हाल कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको देवर शेरबहादुर विकले बताए। ‘उपचारमा ढिलाइ भएपछि भाउजुको अवस्था जटिल छ, विकले भने,‘डाक्टरहरुले शरिरको अर्को भागबाट छाला काटेर टाँस्ने प्रक्रिया थाल्नुभएको छ।’अस्पतालले औषधीबाहेक सबै सेवा निशुल्क गरिदिएको बसन्तीका छोरा रूपेन्द्रले बताए। कर्णाली प्रदेश अस्पतालका जनरल सर्जन डा। निर्मल रसाईलीले बसन्तीको बाँया पाखुरा र छातीतर्फको भाग जलेको बताए। डा। रसाईलीका अनुसार ढिलो अस्पताल आउँदा जलेको भागमा किरा परेको छ।

फेरि व्यूँतिए छाउगोठ

छाउगोठमै महिला तथा किशोरीको ज्यान जान थालेपछि गतवर्षबाट सरकारले छाउगोठ भत्काउने अभियान थाल्यो। सोही अभियान अन्तर्गत कर्णालीमा पनि हजारौं छाउगोठ भत्काइए। सुर्खेतमा मात्र करिब दुई हजार छाउगोठ भत्काइयो। तर यो अभियान सेलाएसँगै गाउँमा फेरि छाउगोठहरु व्यूँतिन थालेका छन्।महिला र किशोरीहरु महिनावारीको समयमा घरभित्र बस्न पाएका छैनन्। बरु छाउगोठहरु भत्किाएपछि कतिपय महिलाहरु महिनावारीको बेलामाअहिले पनि पाँच दिनसम्म अस्थायी रुपमा स्याउला र पातले बारेर घरबाहिरै बस्नेगरेका छन्। यसबाट महिला तथा किशोरीहरु थप असुरक्षित बनेका छन्। सुर्खेतको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा अहिले पनि करिब ६० प्रतिशत महिला तथा किशोरीहरु महिनावारीको सयममा घरभित्र बस्दैनन्।

प्रहरीले छाउगोठ भत्काएपछि स्थानीयले अहिले पनि महिला तथा किशोरीलाई महिनावारीको बेलामा घरभित्र बसाल्दैनन्। बरु छाउगोठको ठाउँमा धमाधम ‘छाउघर’ हरु निर्माण भइरहेका छन्। छाउगोठ भन्दा प्रहरीले भत्काउने त्रासका कारण स्थानीयले घरदेखि अलग्गै छाउघर बनाउन थालेका छन्। घरदेखि टाढा निर्माण गरिएका यस्ता गोठलाई महिला र किशोरीहरुले सामुहिक रुपमा प्रयोग गर्छन्। चौकुने गाउँपालिकास्थित घाटगाउँकी माता विकले भनिन्,‘अहिले पनि घरभित्र बस्दैनौं, हाम्रो टोलमामहिनावारी हुँदा सबैले प्रयोग गर्नेगरी छाउघर बनाएका छौं।’ त्यही छाउघरमा महिनावारी भएकाहरु सुत्ने गरेको उनले जनाइन्।

जिल्लाको पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा यस्ता गोठहरु लुकिछिपी बनाउन थालिएको छ। स्थानीयले छाउघर नाम दिए पनि सुरक्षित भने नभएको महिला अधिकारकर्मीहरुको भनाइ छ। दैलेखमा पनि छाउगोठ त भत्काइए। तर महिलाहरु थप असुरक्षित बनेका छन्। अलग्गै रहेका गोठ भत्काइए पनि महिनावारीको समयमा महिलाहरु अहिले गाईभैसीं बाँध्ने गोठ, बाख्राको खोर, परालको टौवा र कतिपय खुला आकाशमुनी नै बस्न बाध्यछन्। दैलेख ठाँटीकाँधका हिमाल खत्रीले भने,‘छाउबार्ने चलन हराएको छैन, सबै छाउगोठहरु भत्काएका छैनन्। भत्काएका स्थानमा पनि महिलाहरु छाउ हुँदा खुला आकाशमुनी बस्छन्, अहिले त गाईबाख्राको गोठमा बस्न बाध्य छन्।’

प्रभावकारी छैनन् अभियान

महिला तथा किशोरीलाई महिनावारीको बेलामा पनि घरभित्र बसाल्ने अभियान प्रभावकारी हुन सकेका छैनन्। स्थानीय, प्रदेश र संघ सरकारले मात्र होइन, गैरसरकारी संस्थाहरु पनि छाउगोठ उन्मुलनको अभियानमा छन्। तर ति अभियानहरु प्रभावकारी हुन सकेका छैनन्। दैलेखको दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले नगरको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा मार्फत अभियान्ताहरु परिचालन गर्ने तयारी गरिएको बताए। ‘अघिल्लो बर्ष छाउगोठ भत्काउने अभियान चल्यो, छाउगोठहरु भत्काउने अभियान चलाएर मात्रै हुँदैन, अब ठोस योजना अघि सार्नुपर्छ।’ नागरिकहरुलाई त्रसाउनेभन्दा पनि मनको डर भगाउने खालका कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले अभियान जारी रहेको बताए। उनले भने,‘महिला समूह र स्वयम्सेविकालाई चेतनामुलक अभियानमा खटाएका छौं, सासु र बुहारीबिच गोलमेच सम्मेलन नै हुन्छ। यो कुप्रथा हटाउन छाउगोठ भएका परिवारलाई सामाजिक सुरक्षा भत्ता र सिफारिसबाट बञ्चित गरेका छौं, पहिलाको जस्तो गोठमै त बस्दैनन्, घरमै रहेको अर्को कोठासम्म बसाल्न थालेका छन्।’दाताहरुले सहयोग उपलब्ध गराउने छाडेपछि गैरसरकारी संस्थाहरुले अभियान छाडेका छन् भने स्थानीय तहले पनि नाम मात्रका अभियान संचालन गरिरहेको देखिन्छ।

के भन्छन् अभियान्ता

छाउपडी कुप्रथाविरुद्ध अभियान संचालन गरिरहेकी सामाजिक अभियान्ता राधा पौडेलले अब भाषणले मात्र यो कुप्रथा अन्त्य नहुने बताइन्। ‘गत बर्ष मन्त्रीकै नेतृत्वमा छाउगोठ अन्त्यगरेर मर्यादित महिनावारी प्रर्वद्धन गर्न अभियान थाल्दा संघीय र प्रदेश सरकारले गरेको प्रतिबद्धता चटक्कै बिर्सीए’ पौडेल भन्छिन्, ‘यो अभियानलाई तीनवटै सरकारले केन्द्रविन्दुमा राख्नुपथ्र्यो, तर अहिले अभियान सेलाएको छ। यो राजनीतिक एजेण्डा नै बन्न सकेन।’ महिनावारी बार्ने चलन महिलामाथीको हिंसा हो भन्ने कुरा तीनै तहका सरकारले वेवास्ता गरेको उनको भनाइछ।

महिला अधिकारको क्षेत्रमा कार्यरत सोसेक नेपालका सहायक निर्देशक दुर्गा गिरीले देउताको डर र सामाजिक दोषारोपणका कारण महिला तथा किशोरीहरु छाउगोठमा बस्न बाध्य भएको बताइन्। ‘घरमा समस्या आउँछ, अनिष्ट हुन्छ भन्ने डरले महिला तथा किशोरीहरु महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य छन्’ उनले भनिन्,‘छाउगोठ भत्काएपनि खुल्ला ठाउँ र गार्ईबस्तु बाँध्ने गोठमा महिला र किशोरीहरु बसिरहेका छन्।’ महिनावारी नबार्दा परिवार र समाजबाट भोग्नुपर्ने थप हिंसाका कारण पनि महिला तथा किशोरीहरुले छाउगोठ त्याग्न नसकेको उनको भनाइ छ । अन्नपूर्णपोस्टबाट साभार,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker