Techie IT

बुधवार साँफेबगरका २ सय ६४ ज्येष्ठ नागरिकले खोप पाए


अछाममा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ ।

खोप अभियान आज बुधबार बाट सञ्चालन भएको हो ।

जस अन्तर्गत आज बुधवार साँफेबगर नगरपालिकाका २ सय ४६ जना ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।

नगरका सबै स्वास्थ्य चौकीमा ६० देखि ६४ वर्षका २ सय ४६ ले कोरोनाविरुद्धको खोप लगाएका साँफेबगर नगरपालिकाका नगरप्रमुख कुल बहादुर कुँवरले जानकारी दिनुभयो ।

नगरप्रमुख कुँवरले बाकी रहेकालाई भोलि २७ गते खोप लगाउन आग्रह समेत गर्नुभएको छ ।

खोप लगाउन आउँदा आफ्नो उमेर खुल्ने प्रमाणपत्र साथमा लिएर आउन हुन समेत आग्रह गरिएको छ ।


क्याटेगोरी : स्वास्थ्य

एकेन्द्र खत्री
खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस