Techie IT

छोरा जन्माएको एक महिना नपुग्दै एक महिला फेरि सुत्केरी , दोस्रो पटकमा जुम्ल्याहा बच्चा


बंगलादेशमा एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ ।

आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ । उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन । सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा। शीलाले बताइन् ।

पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ । तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो । पछिल्लो पटक उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । चिकित्सकका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय पाइएको छ । एजेन्सी


क्याटेगोरी : रोचक

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!