महिला बढी सुन्दर भएको भन्दै प्रहरीद्धारा जरिवाना रसिद

सुन्दर देखिने चाहना कसलाई हुँदैन र तर कहिलेकाहीँ धेरै सुन्दर हुँदा पनि दुख पाइने रहेछ । उरुग्वेको पेसेन्दु सहरमा हालै यस्तै घटना भएको छ । त्यहाँ अहिले एकजना सुन्दर महिला र ट्राफिक पुलिस चर्चाको केन्द्रमा छन् ।
समाचार अनुसार हालै उक्त सहरमा ती सुन्दर महिला बाइक चलाएर आफ्नो गन्तव्यतर्फ जाँदै थिइन् । उनलाई बीच बाटोमै ट्राफिक प्रहरीले रोक्यो र जरिवानाको रसिद काट्यो । ती महिलालाई ट्राफिकले जरिवाना तिराउनुको कारण भने रोचक रहेछ । महिला बढी सुन्दर भएका कारण सडकमा रहेका अन्य यात्रु तथा चालकहरुको ध्यान भड्किन सक्ने र दुर्घटना हुनसक्ने भन्दै उनलाई जरिवाना गरिएको रहेछ ।
ट्राफिक प्रहरीले ती महिलालाई जरिवानाको रसीद मात्र काटेनन् स्पेनिस भाषामा ‘आइ लभ यू’समेत लेखे । जब ती महिलाले आफुले पाएको उक्त रसिदलाई सोसल मिडियामा शेयर गरिन् तब त्यसले ठूलै तहल्का मच्चायो । धेरै मानिसले ट्राफिक पुलिसको आलोचना गरे र महिलामाथि हिंसा गरेको जिकिर गरेका छन् ।
यो घटनाबारे प्रहरीको माथिल्लो निकायले जाँचबुझ गरिरहेको बताइएको छ । यदि ती ट्राफिक प्रहरी दोषी पाइएमा उनलाई निलम्बनको कारवाही हुनसक्ने समाचारमा उल्लेख छ ।अनलाइनखबर
क्याटेगोरी : रोचक
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस