धनगढीकी खगित्राले जन्माइन चार शिशु

धनगढीकी २७ वर्षीया खगित्रा शाहीले चार शिशु जन्माएकी छन्। बुधबार सिनामङ्गलस्थित काठमाण्डौ मेडिकल कलेजमा तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीका अनुसार आठ महिनाको गर्भलाई उनी लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो।
अहिले ती शिशुको अवस्था सामान्य रहेको छ। ती नवजात तीन शिशुको तौल क्रमशः १.४, १.५, १.६ केजी र एकको ९ सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ। सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ। धनगढीबाट उपचार गर्न उक्त अस्पतालमा लगिएको खगित्राका श्रीमान् पदम शाहीले बताए। खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका डा. कार्कीले बताए। ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताइएको छ।
Dineshkhabar.com
क्याटेगोरी : रोचक, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस