विरोधबीच ट्रम्प बेलायतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने राजकीय भ्रमणका क्रममा सोमबार बेलायतको राजधानी लन्डन उत्रेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई बेलायती महारानी एलिजाबेथ द्वितीयले बकिंघम दरबारमा स्वागत गरेकी छन् । ट्रम्प सोमबार नै एलिजाबेथले आयोजना गरेको राजकीय रात्रिभोजमा परिवारसहित सहभागी भए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प र बेलायती महारानी एलिजाबेथ द्वितीय (बीच) बेलायतको बकिंघम दरबारमा सोमबार आयोजित स्वागत कार्यक्रममा । तस्बिर : एपी

बेलायतको राजकीय भ्रमण गर्ने उनी तेस्रो अमेरिकी राष्ट्रपति हुन् । एलिजाबेथले आफ्नो शासनकालका १३ मध्ये १२ अमेरिकी राष्ट्रपतिलाई बकिंघम दरबारमा स्वागत गरिसकेकी छन् । तर राजकीय सम्मान भने यसअघि जर्ज डब्लु बुस र बाराक ओबामालाई मात्र दिइएको थियो ।

भ्रमणका क्रममा मंगलबार ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेजा मेसँग भेटवार्ता गर्ने छन् । दुई नेताबीच जलवायु परिवर्तन तथा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेबारे कुराकानी हुने बताइएको छ ।

सन् २०१७ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका एकपक्षीय रूपमा बाहिरिने ट्रम्पको निर्णयविरुद्ध बेलायत असन्तुष्ट छ । प्रधानमन्त्री मेले भेटवार्ताका क्रममा उक्त मुद्दा उठाउने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी, पछिल्लो समय चीन र अमेरिकाबीच जारी व्यापार विवादको जड मानिएको चिनियाँ दूरसञ्चार कम्पनी हुवावेबारे समेत दुई नेताबीच कुराकानी हुनेछ । आफ्नो देशको प्रविधि र बौद्धिक सम्पत्ति चोरेको आरोप लगाउँदै अमेरिकाले हुवावेलाई कालोसूचीमा राखिसकेको छ ।

कुनै पनि कम्पनीलाई कालोसूचीमा राखेपछि अमेरिकामा व्यापार तथा अन्य सहकार्यका लागि अनुमति आवश्यक पर्छ । त्यसकारण पछिल्लो निर्णयसँगै हुवावेले आगामी दिनमा निर्माण गर्ने मोइबाइलमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेल लगायतका एप्सहरू हुने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker