Techie IT

दुःखद खवर ! मुसलधारे वर्षा र हावाहुरीले त्रिपाल ढल्दा १३ को मृत्यु, ४५ घाइते


भगवान श्रीरामको कथा वाचन भइरहेको समयमा मुसलधारे वर्षा र हुरीवतासका कारण त्रिपाल भत्किदा १३ भक्तजनको मृत्यु भएको छ ।

भारतको राजस्थानमा आइतबार भएको यो दुर्घटनामा पचास भन्दा बढी घाइते भएको जनाइएको छ ।

त्रिपाल ढल्दा अत्याधिक चापमा रहेका भक्तजनको भागदौड हुँदा एकआपसमा कुल्चिएर तथा विद्युत प्रवाहमा परेर ज्यान गएको बताइएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । वर्षा तथा हावाहुरी अझै कायम रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने भारतीय प्रहरीले जनाएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जनता समाचार


क्याटेगोरी : अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस