२२० केजी गाँजा लोड गरिएको टिपर बरामद, चालक पक्राउ
चितवनमा प्रहरीले २२० केजी गाँजा बरामद गरेको छ। भण्डाराबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।
गाँजासहित गाँजा लोड गरिएको ना ४ ख २२९५ नम्बरको टिपर र त्यसका चालक हेटौँडा उपमहानगरपालिका–७ का सौगात श्रेष्ठलाई नियन्त्रणमा लिएको डिएसपी आचार्यले जानकारी दिए। मंगलवार राति ३ बजे राप्ती नगरपालिका–४ भवनीपुर लाउरेचोकबाट गाँजा नियन्त्रणमा लिइएको हो। उक्त गाँजा पहाडी इलाकाबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। गाँजा, टिपर र चालकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको आचार्यले बताए।thahakhabar
क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, मुख्य समाचार, स्थानीय, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस