प्राकृतिक कारणले यूएईमा एक वर्षमा ९८ जना नेपालीको मृत्यु, ४ जनाको हत्या

यूएईमा गएको आर्थिक वर्ष २०७५र०७६ मा ९८ जना नेपालीको ज्यान गएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । ज्यान गुमाउनेमध्ये ९३ जना पुरुष र ५ जना महिला छन् । यो सँख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो ।
धेरैको प्राकृतिक कारणले ज्यान गएको छ । प्राकृतिक कारणले ४८ जना पुरुषको ज्यान गएको छ । यस अन्तर्गत हृदयघात, मष्तिस्क पक्षघात तथा अन्य कारण छन । तथ्याकंअनुसार गएको आर्थिक वर्षमा २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिलसहित २१ पुरुषको ज्यान गएको छ । त्यस्तै गएको आर्थिक वर्षमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको छ । हत्या प्रकरणमा नेपालीकै संलग्नता भएको प्रारम्भिक अनुसन्धानले खुलेको छ । हत्याको विषय जटिल र गम्भीर भएकाले थप अनुसन्धान भैरहेको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले बताउनुभयो ।
यसरी ज्यान गुमाएका, दुर्घटनामा परेका नेपालीको क्षतिपूर्ति तथा सम्बन्धित परिवारलाई ब्लडमनी दिलाउन गएको वर्षबाट दूतावास आफैले मुद्दा लडिरहेको छ ।ujyaaloonline
क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रवास, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- २ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ३ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ४ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ५ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ६ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ७ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
- ८ बान्नीगढीमा सरसफाइ, युवा सञ्जालले देखायो सक्रियता
प्रतिक्रिया दिनुहोस