८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवक पक्राउ

८१ वर्षको वृद्ध बनेर अमेरिका जान लागेका ३२ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको अहमदावाद निवासी जयस पटेलले वृद्धको भेषमा अमेरिका जाने प्रयास गरेका हुन् । उनलाई भारतको औद्योगिक सुरक्षा फोर्सले दिल्लीस्थित विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
समाचार एजेन्सीहरुका अनुसार उनी अर्काको नामको राहदानी प्रयोग गरेर अमेरिका जान लागेका थिए । सेतो कपाल र सेतै दारी–जुंगा भएको हुलिया बनाएर ह्विल चियरमा बसेर विमानस्थलको अध्यागमन पार गरिसकेको अवस्थामा उनी पक्राउ परेको बताइएको छ ।
शंका लागेर चेकजाँच गर्दा उनले अमरीक सिंह नाम गरेका ८१ वर्षीय वृद्धको राहदानी प्रयोग गरेर अमेरिका जान लागेको तथ्य प्रकाशमा आएको हो । वृद्धजस्तै हुलिया बनाएका भए पनि छाला चाउरी नपरेको देखेपछि सुरक्षाकर्मीले उनीमाथि शंका गरेका थिए ।
भेष बदलेर उनी किन अमेरिका जान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हाल उनी दिल्ली प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । imagekhabar
क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रवास, मुख्य समाचार, समाचार
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस