Techie IT

२४ घण्टामा ६ जना माओवादी मूठभेडमा मारिए


नयाँ दिल्ली । भारतको छत्तीसगढमा गएको २४ घण्टामा ६ जना माओवादी मूठभेडमा मारिएको प्रहरीले जनाएको छ । मुठभेडका क्रममा माओवादी प्रभावित दंतेबाडा, सुकमा र बीजापुर जिल्लामा ती व्यक्ति मारिएको जनाइएको छ ।

यही महिनाको २३ तारेख दंतेवाडा विधानसभा सिटको उपचुनावका लागि मतदान हुन गइरहेको समयमा सो क्षेत्रमा मुठभेडका घटना व्यापक भइरहेका छन् । यो वर्ष ९ अप्रिलका दिन संदिग्ध माओवादीको आक्रमणमा परेर भारतीय जनता पार्टी९भाजपा०का विधायक भीमा मंडावीको मृत्यु भएको थियो ।

सोही समयदेखि दंतेवाडा विधानसभाको सिट खाली रहँदै आएको थियो । सो सिटमा भाजपाले मंडावीकी पत्नी ओजस्वीलाई उम्मेदवार बनाएको छ । उता विपक्षी कंग्रेसले पनि सन् २०१३ मा माओवादीबाटै मारिएका पूर्वगृहमन्त्री महेन्द्र कर्माकी पत्नी देवती कर्मालाई उम्मेदवार बनाएको छ ।baahrakhari


क्याटेगोरी : अन्तर्राष्ट्रिय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!